logo

कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा प्रदेश २ सरकार गैर जिम्मेवार भयोः अध्यक्ष साह 

      4/11/2020 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । 

शनिवार सामाजिक संजाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार अग्रभागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताउनु भएको हो  ।

 

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ उहाँ लेख्नुहुन्छ “ यस महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान दाताको भूमिकामा मात्र सीमित छ ”।

 

गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफु भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराज शैलीको देखिन्छ ।

 प्रदेश सरकारले आफु जिम्मा लिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शुन्य बराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

 

भारतसंग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पिसीआर परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले कोआरटी पिसीआर ल्याव  निर्माण गर्न त परै जाओस् , सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरिय सुरक्षा सामग्री उपलब्ध भएको छैन । 

बाहिरबाट के कति मानिसहरू आए ? त्यसको सहि पहिचानको कुनै तथ्याङ्क छैन । यस्तो गैरजिम्मेवार एवं लाचार स्थितिको तुरन्त अन्त्य होस। यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्रभागमा रहेर काम गर्न पूर्वमत्री समेत रहनु भएका अध्यक्ष साहले समाजिक संजाल मार्फत विशेष आग्रह गर्नु भएको छ  । 

अध्यक्ष साहले प्रदेश नेतृत्व प्रदेशवासीप्रतिको उत्तरदायित्व बिर्सेको भन्दै चर्को आलोचना गर्दै आउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.