logo

डा. बाबुराम भट्टराईले लेखेको ट्वीटको इज्जत जोगाइदिन नेपाल प्रहरीले मानेन

      4/26/2020 गते 00 00 मा प्रकाशित     1037   पटक पढिएको

काठमाडौं १३ बैशाख 

बाबुराम र विश्वदीपले सांसद् सुरेन्द्र यादवको अपहरण भएको भन्दै सनसनीपूर्ण ट्वीट लेखेका थिए । तर, पछि सुरेन्द्रले आफ्नो अपहरण नभएको बताए भने महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालहरुले पनि आफूहरुले अपहरण नगरेको बताए ।

तर, अपहरण भएको भन्दै बाबुराम र विश्वदीपले ट्वीटरमा लेखिसकेका थिए । बाबुरामले आफ्नो बदनाम गरेको भन्दै महेश बस्नेतले साइबर क्राइममा मुद्दा हाल्ने बताएपछि बाबुरामलाई आपत पर्‍यो । त्यसपछि उनलाई अपहरणको संगीन आरोप गलत सावित भएकोमा पनि लज्जाबोध भयो । त्यसपछि बाबुरामको समूहले अपहरणको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिन गएको थियो । काठमाडौं प्रहरीले राजनीतिक विवादलाई अपहरणको आरोपमा रुपान्तरण गरेको भन्दै जाहेरी दर्ता गर्न नमानेको हो ।

जाहेरी दर्ता गर्न जाँदा पनि बाबुरामले मिडियामा आउने र छाउने अनि स्टन्टबाजी गर्ने मौका छाडेनन् । उनी हूल बाँधेर काठमाडौं प्रहरी परिसर टेकुमा पुगेका थिए । बाबुरामहरुलाई पहिले नै थाहा थियो– राजनीतिक विवादको विषयलाई आधार बनाएर अपहरणको आरोप लगाउँदा जाहेरी दर्ता हुँदैन ।

दर्ता नै नहुने खालको जाहेरी बोकेर जाने, दर्ता हुँदैन अनि उछलकूद गर्दै हल्लाखल्ला गर्ने बाबुरामहरुको योजना रहेको प्रष्ट छ । बाबुरामले प्रहरी परिसरमै बसेर ‘जाहेरी दर्ता भएन, नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वाश गर्ने ?’ भन्दै ट्वीट लेखिहाले । प्रहरीले अपहरणको जाहेरी दिने हो भने महोत्तरीमा दिनु भनेर पठाएको छ ।

दर्ता नै नहुने खालको जाहेरी बोकेर जाने, दर्ता नभएपछि त्यसैलाई ईश्यू बनाएर उछलकूद गर्ने बाबुरामको रणनीति प्रष्टै देखियो ।

सुरेन्द्र यादव पहिले समाजवादी पार्टी फुटाउने पक्षमा थिए । तर, महोत्तरीबाट महेश बस्नेतको टोलीसँग काठमाडौं आए लगत्तै उनले समाजवादी र राजपा एकीकरण हुने सुने । स्रोत अनुसार बार्गेनिङमा पनि सुरेन्द्रलाई चित्त बुझेको थिएन । सुरेन्द्र काठमाडौंको मेरियट होटलमा बसेका थिए । बिहानै उनी होटल छाडेर बाबुरामको टोलीसँग बाबुरामको निवास पुगेका थिए ।

सुरेन्द्र यादवले आफ्नो अपहरण नभएको भनी विभिन्न मिडियालाई भिडियो अन्तर्वार्ता दिइसकेका छन् । 

अनेक खाले उछलकूद गर्ने र चर्चामा आउन चाहने बाबुरामले अपहरणको हास्यास्पद मुद्दालाई मसला किन बनाए भनी प्रश्न उठ्न थालेको छ । कतिपयको टिप्पणी छ– कुनै न कुनै उछलकूद गरेर चर्चा र विवादमा आएर आफ्नो औचित्य सिद्ध गर्न चाहने बाबुरामको स्वभाव छ । अर्काे कुरा, मधेसवादी दलमा पसेपछि उनीहरुले राजनीति गर्न जान्दैनन्, यसरी राजनीति गर्नुपर्छ भन्दै सिकाउने र उनीहरुको नेतृत्व लिने रणनीति अनुसार पनि बाबुरामले यस्ता किसिमका फण्डाहरु गरिरहरहेको हुनसक्ने बताइएको छ ।https://sunrisekhabar.com/

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.