logo

भंसार छलीको सवा करोडको समान सहित  मालबाहक ट्रक नियन्त्रणमा, कारवाहीकालागि राजस्व अनुसन्धानमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०२: २७ मा प्रकाशित     169   पटक पढिएको

बारा । बारा प्रहरीले अवैधरूपमा भन्सार छली गरी ल्याइएका करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरका विभिन्न सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

 

नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।

 

प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिएको हो । 

 

मंगलवार दिउसो साढे १ बजे  जीतपुर सिमरा उप महानगरपालिका वडा नं.२१ अमलेखगञ्जस्थित कार्यालय अगाडिको चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकी चेकजाँच गरेको थियो।

 

चेकजाँचका क्रममा ट्रकमा रहेका सामानहरूको बिलबिजकभन्दा फरक तथा भन्सार नगरिएको पाइएको थियो। उक्त ट्रकमा कस्मेटिक सामान, नरिवल, बदाम, कपडा, सर्जिकल सामान, इलेक्ट्रिक सामान, मोबाइलका पाटपुर्जा तथा औषधिजन्य सामानहरू रहेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

सिरहाको कल्याणपुर नगरप्रमुख रामपुकार साह घुससहित रङ्गेहात पक्राउ

सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.