वीरगन्ज । समाचार सम्प्रेषण गरेको विषयलाई लिएर पत्रकार भरत सर्राफ लाई ज्यान मार्ने धम्की दिएको आरोपमा बिवादस्पद ब्यवसायी निराजन अग्रवाल विरुद्ध कानुनी कारबाहीको माग गरिएको छ।
प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला समन्वय समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य तथा नेपाल पत्रकार महासंघको मधेश प्रदेश परिषद् सदस्य पत्रकार भरत सर्राफलाई समाचार प्रकाशित भएपछि पटक–पटक फोनमार्फत ज्यान मार्ने धम्की दिइएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिअनुसार समाचार सम्प्रेषण गरेको विषयलाई लिएर अग्रवालले पत्रकार सर्राफलाई फोनमार्फत ज्यान मार्ने धम्की दिँदै बेइज्जती र भ्रम फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।
प्रेस सेन्टर नेपालले पत्रकारमाथि धम्की दिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै पत्रकारको सुरक्षा सुनिश्चित गर्न प्रशासनलाई आग्रह गरेको छ।
साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने संस्थाले जनाएको छ।
समाजमै नटवारलालको उपमा पाएका अग्रवाल जुन थालमा भात खायो त्यही थालमा प्वाल पार्ने प्रवृतिका ब्यक्ति भएको स्रोतले बताएको छ ।
उनले पत्रकार सर्राफलाई आफनो सम्पूर्ण कुरा सकेर भएपनि ठेगान लगाउने धम्की दिएको अडियो सार्वजनीक छ ।
तपाईको प्रतिक्रिया