logo

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

 इसीमाना सम्वाददाता     २०८२ असार २५ गते ०५: १७ मा प्रकाशित     1177   पटक पढिएको

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

 

रौटहटको राजपुरस्थित मोहमद अफताब अलामका काका शेख इद्रिशको घरमा २०६४ साल चैत २७ गते साँझ भएको बम विष्फोटनबाट घाइते भएका गौरीशंकरको सुरक्षाको सवाल टड्कारो भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

 

 सो घटनामा दुई जनाको मृत्यु, २० जना भन्दा बढी घाइते भएको र घाइतेमध्ये त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई लागेको थियो ।

 

प्रहरीले २०७६ असोज १९ गते आलमलाई गिरफ्तार गरेको र जिल्ला अदालत, रौतहटले ०८१ वैशाख १३ गते जन्मकैदको फैसला गरेको स्मरण गर्दै अदालतले गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्वपूर्ण प्रमाण मान्नुका साथै उनीमाथि सुरक्षा चुनौती रहेको र सुरक्षा प्रबन्ध गर्न सरकारका नाममा आदेश समेत जारी गरेको थियो ।

 

जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको ०८२ जेठ १४ गतेको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएपछि आफूमाथि सुरक्षा खतरा भएको भन्दै काठमाडौँ पुगेका रामको सुरक्षा प्रबन्ध गर्न नेपाल सरकारसँग विज्ञप्तिमा मार्फत मांग गरिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.