logo

भक्तपुर मालपोतका प्रमुख आचार्य २४ लाख घुस रकम सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ असार ३१ गते ०६: २३ मा प्रकाशित     228   पटक पढिएको

भक्तपुर ।  भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरकाका कार्यालय प्रमुखसहित दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।

मंगलबार प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् ।उनीहरुलाई  र २४ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

भक्तपुरकै चाँगुनारायणको करिब १४ रोपनी जग्गा मोही र तलसिंको नाममा कायम पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

आयोगको टोलीले मंगलबार भक्तपुर नगापालिका २ ब्यासीस्थित कार्यालय परिसरबाटै उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उहाँहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जनाए  ।

unnamed.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

सिरहाको कल्याणपुर नगरप्रमुख रामपुकार साह घुससहित रङ्गेहात पक्राउ

सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.