रौतहट । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।
ति महिलाले भिडियो सन्देशमा आफूलाई गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले २०८१ जेठ २५ गते घरनजिकैको बाँसघारीमा हातमुख बाँधेर बलात्कार गरेको बताएकी छिन ।
उनले तत्कालै आफन्तको सहयोगमा प्रहरीमा उजुरी गर्न खोजिन्। तर, इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले गम्भीरता नदेखाएपछि उनी जिल्ला प्रहरी कार्यालय, गौर पुगिन्।
त्यहाँ तत्कालीन एसपी दिलीप घिमिरेको निर्देशनमा जबर्जस्ती करणीको मुद्दा त दर्ता भयो, तर आरोपी खुर्सैद एक वर्षसम्म फरार रहे।
यो एक वर्षको अवधिमा खुर्सैदका नातेदार र समर्थकहरू पटक–पटकति महिलाको घरमा गएर ६ देखि ८ लाख रुपैयाँसम्मको प्रस्ताव राखेर मिलापत्र गर्न दबाब दिने गरेको उनले बताएकी छि। महिलाले “पैसा होइन, न्याय चाहिन्छ। मेरो इज्जत सस्तो छैन।” भनेर जवाफ दिएको बताएकी छिन
घटनापछि आरोपी खुलेआम गाउँमा हिँड्ने, सरकारी निकायसम्म पुग्ने, प्रहरी कार्यालयमै भेटिने अवस्थाले पीडितलाई झनै त्रसित बनाएको छ।
“उसको पैसा र पहुँचले मेरो सबै प्रमाणलाई मेटाइदियो। अब अदालतबाट पनि न्याय नपाए विष खाएर म मर्छु,” उनले भक्कानिदै भन्छिन्।
तपाईको प्रतिक्रिया