logo

सिरहा कारागारमा दोहोरो झडप १३ जना कैदीबन्दी घाइते

 इसीमाना सम्वाददाता     २०८२ सावन ४ गते ०५: २३ मा प्रकाशित     774   पटक पढिएको

सिरहा । सिरहा जिल्ला सदरमुकामस्थित कारागारमा आइतबार अपरान्ह दोहोरो झडप हुँदा १३ जना कैदीबन्दी घाइते भएका छन् ।

साढे ३ बजेतिर कैदीबन्दीहरूबीच हात हालाहाल र ढुंगामुढासमेतको अवस्था सिर्जना भएको हो ।

 

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । हाल अवस्था सामान्य भएको उनले बताए ।

 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र कारागार प्रशासनको संयुक्त टोली परिचालन गरिएको छ। 

 

सिरहा कारागारमा क्षमताभन्दा करिब साढे तीन गुणा बढी कैदीबन्दी राखिएको छ । यो भीडभाडकै बीच शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरीले सर्च अपरेशन सञ्चालन गरेको थियो ।

 

सो क्रममा कैदीबन्दीका कोठा/कोठामा खोजतलास गरिँदा अवैध कारोबार र अनुशासनहीन गतिविधिका संकेत फेला परेको आशंका गरिएको थियो।

 

सर्च अपरेशनको भोलिपल्टै दोहोरो झडप भएकोले घटनालाई सोही कारबाहीको असर मानिएको छ । यद्यपि, घटनाको वास्तविक कारणबारे खुलेको छैन । घटनाको बिषयमा प्रहरी नायव उपरिक्षको कमाण्डमा अनुसन्धान टोली बनाएर अनुसन्धान भइरहेको सिराह प्रशासनले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.