काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सञ्चारकर्मी निसान्त सिग्देल र सन्तोषराज खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार २०७९/८० मा बारा जिल्लाका २३ वटा परियोजनाका बोलपत्र सूचना राष्ट्रिय दैनिकमा नछापी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको प्रमाणित भएको छ।
‘प्रभाव दैनिक’ मा सूचना प्रकाशित नभएको पुष्टि भए पनि झुट्टा बिल–भरपाई बनाएर ३,१६,५७० भुक्तानी लिएको पाइएको छ।
त्यसमध्ये ५० हजार प्रभाव दैनिकका बजार प्रबन्धक खरेलले बैंक खाताबाट निकालेका छन।
आयोगले उनीहरूको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) ङ अनुसारको कसुरमा पर्ने निष्कर्ष निकाल्दै बिगो असुल र कानूनी सजाय को मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया