logo

वीरगन्जमा चोरीका करिब ३७ लाख रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना बरामद , चार जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ३ गते ०६: २९ मा प्रकाशित     258   पटक पढिएको

वीरगन्ज । प्रहरीले वीरगन्जमा चोरी भएका सुन–चाँदीका विभिन्न गरगहना बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्ला–बल्थर थाना सरकिला गाउँका ३३ वर्षीय विजय राय, सोही ठाउँका ६० वर्षीय शेख बुनाद, बेतियाकै आरापिपराका ३१ वर्षीय विनोद राउत तथा पर्सा, वीरगन्ज–३२ टेढाका २० वर्षीय विद्याकुमार नट रहेका छन्।

 

प्रहरीका अनुसार उनीहरूको कब्जाबाट करिब ३७ लाख रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना बरामद गरिएको छ।

 

कात्तिक ३० गते वीरगन्ज–३२ मा शंका लागेर रोकिएको लु ९६ प ३७३३ नम्बरको स्कुटीको जाँचका क्रममा शेख बुनादको पाइन्टको दायाँ खल्तीमा सेतो रूमालमा बेरेर राखिएका, बिल–बिजक नभएका केही सुनका गहना फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

 

शेख बुनादको बयानका आधारमा प्रहरीले टेढास्थित विद्याकुमार नटको घरमा खानतलासी गर्दा ३६ लाख ७० हजार ५१ रुपैयाँ बराबरका विभिन्न सुन–चाँदीका गहनाहरू फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेतले जानकारी दिए।

 

बरामद गहनामा ११ थान सुनका सिक्री, २ थान झुम्का, ३ थान नथिया, २ थान पोतेसहितका माला, १ लकेट, १ औंठी, २ थान मांगटीका, १० थान चाँदीका पाउजु, २ सिक्का, ८ थान सुनका बिछिया, २ थान चाँदीका हातशंकर तथा सुन–चाँदी तौल गर्ने १ थान तराजु रहेका छन्।

 

यसबाहेक नेपाली ३ लाख ७९ हजार रुपैयाँ तथा भारतीय ९ हजार २०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार यी गहनाहरू पर्सा तथा बाराका विभिन्न मेला, उत्सव र चाडबाडका भीडभाडमा चोरी गरिएका हुनसक्ने आशंका गरिएको छ।

 

डीएसपी बस्नेतले बिल–बिजकसहित वास्तविक धनीले दाबी लिएर आएमा आवश्यक प्रक्रिया पूरा गरेर गहना फिर्ता गरिने बताए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.