logo

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

 इसीमाना सम्बाददाता     २०८२ मंसिर ९ गते ०६: ३६ मा प्रकाशित     576   पटक पढिएको

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

 

 

टुनु ठाकुर परिवार २५ वर्षदेखि गाउँको सार्वजनिक जमिनमा बसोबास गर्दै आएका थिए। पीडितका अनुसार हेडमास्टर यादवले सो जमिन आफूलाई दिन दबाब दिँदै आएका थिए।

 

दबाब अस्वीकार भएपछि बाहिरबाट मानिस बोलाएर डोजर चलाएर घर भत्काइदिएको ठाकुर परिवारको दाबी छ। ठाकुर परिवार बसोवास गरेको जमिनको पछाडी यादवको जमिन रहेकोले उनले ज्यादतीपूर्ण रुपमा ठाकुर परिवारको उठीवास लगाएको स्थानीयको आरोप छ ।

1563901775WhatsApp-Image-2025-11-23-at-9.09.52-PM..jpeg

गत शनिबार अपरिचित व्यक्तिहरूको समूहले डोजर प्रयोग गरी ठाकुरको घर भत्काएको बताइएको छ। घर भत्किँदा घरमै बाँधिएका दुबैटा बाख्राका पाठो मरेको परिवारले जनाएको छ।

 

घर भत्किएपछि टुनु ठाकुरको परिवार हाल त्रिपालमुनि बस्न बाध्य भएको छ। ८ जनाको परिवार चिसो मौसममा अस्थायी टहरामै बसिरहेको परिवारले बताएको छ।

 

हेडमास्टर यादवसँग संपर्क प्रयास गर्दा सम्पर्क हुन सकेन। स्थानीय स्रोतका अनुसार घटना सार्वजनिक भएपछि उनी अन्य ठाउँतर्फ गएको बताइन्छ।

 

उता, पीडित परिवारले घटनाको बारेमा  छानबिन गर्न माग गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.