logo

पर्सा प्रहरीको एक महिने प्रगती फरार १८४ प्रतिवादी पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १४ गते ०१: २० मा प्रकाशित     272   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जिम्मेवारी सम्हालेको एक महिनामै जिल्लामा अपराध नियन्त्रणदेखि अवैध गतिविधि रोकथामसम्म उल्लेखनीय प्रगति भएको पर्सा प्रहरीले जनाएको छ।

 

कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको गतिविधि समेटिएको एक महिनाको कार्यसम्पादन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो।

 

प्रहरीका अनुसार फरार प्रतिवादी नियन्त्रण, भन्सार छली तथा चोरी पैठारी रोकथाम, लागुऔषध नियन्त्रण, काठ तस्करी नियन्त्रणदेखि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै समग्र सुरक्षा गतिविधि तीव्र पारिएको छ।

 

फरार १८४ प्रतिवादी पक्राउ

 

विभिन्न मुद्दामा फरार रहेका १८४ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूले तिर्नुपर्ने ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय पनि कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ। फरार प्रतिवादी नियन्त्रण अभियान निरन्तर जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

 

भन्सार छली र अवैध पैठारीमा कडाइ

 

एक महिनामा खाद्यान्न, कपडा लगायतका भन्सार छली गरी ल्याइएका ३ करोड ७५ लाख ५० हजार ५५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ। सीमाक्षेत्रमा निगरानी कडाइ गर्दै चोरी पैठारी नियन्त्रणका लागि सशक्त अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 

लागुऔषध नियन्त्रण  २७.४ किलो गाँजा बरामद, ४ पक्राउ

 

लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले २७ किलो ४८० ग्राम गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। सीमाक्षेत्रमा लागुऔषध ओसारपसार रोकथामका लागि विशेष सुराकी तथा निगरानी थप सुदृढ गरिएको बताइएको छ।

 

अवैध मदिरा, काठ तस्करी र नदीजन्य पदार्थमा कडाइ

पर्सा प्रहरीले ५०० लिटर घरेलु मदिरा नष्ट गरेको छ।


अवैध रूपमा बालुवा उत्खननमा प्रयोग भएका पाँचवटा ट्र्याक्टर नियन्त्रणमा लिइएका छन्।

 

त्यसैगरी, वन अपराध नियन्त्रण अभियान अन्तर्गत अवैध रूपमा काटिएको ६१।५ क्युबिक फिट सालको काठ बरामद गरिएको छ, जसको मूल्य करिब २ लाख ६६ हजार रुपैयाँ पर्ने बताइएको छ।

 

हराइएका महिला–बालबालिकाको उद्धार

 

एक महिनामा हराइएका नौ जनामध्ये दुई महिला र सात बालिकालाई फेला पारी अभिभावकको जिम्मामा बुझाइएको छ। साथै थप दुई बालिकाको उद्धार गरी संरक्षणमा लिइएको प्रहरीले जनाएको छ।

 

पर्सा प्रहरीले आगामी दिनमा अपराध नियन्त्रण तथा जनसुरक्षाका कार्यक्रम अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.