फायल तस्विर
पोखरिया ।ट्र्याक्टर चोरीको आरोपमा प्रहरीले पोखरिया नागरपालिका ४ रानीगञ्जका ३० वर्षीय सोनोज साह र बहुदरमाई नगरपालिका–४ का ५५ वर्षीय दशरथ गिरी गोसाईँलाई पक्राउ गरेको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट गएराती ट्र्याक्टर चोरी भएको थियो । ठोरी गाउँपालिका–४ स्थित गोपी बस्तीको आँप बगैँचाबाट चोरी भएको ना.६ त.४४८२ नम्बरको आइचर ट्र्याक्टर प्रहरीले बरामद गरेको थियो ।
महुवन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामाशंकर यादवले चोरीको सूचना पाउने बित्तिकै खोजीकार्य शुरु गरेका थिए । प्रहरीले चोरी भएको ट्र्याक्टरको सम्भावित बाटो र स्थान पहिल्याउँदै अनुसन्धान अघि बढाएको थियो।
तपाईको प्रतिक्रिया