वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ १३ गते अपराह्न ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली चोरी पैठारी गरी अनधिकृत रूपमा चलाइएका भारतीय इलेक्ट्रिक स्कुटर फेला पारिएको हो।
प्रहरीले करिब ८ लाख रुपैयाँ मूल्य बराबरका १० वटा इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले भन्सार छली गरी अनधिकृत रूपमा चलाइएका स्कुटर नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
प्रहरीले नियन्त्रणमा लिएका स्कुटरको भन्सार तथा कानुनी प्रक्रिया सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया