logo

सर्लाहीमा १० हजारभन्दा बढी ट्याब्लेटसहित तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ असोज ६ गते ०९: ३५ मा प्रकाशित     187   पटक पढिएको

लालबन्दी । सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बजारका ४४ वर्षीय प्रदीप महतो, रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोलका २८ वर्षीय सुरज थापा र सर्लाहीको हरिवन नगरपालिका–४ डाबरीका २६ वर्षीय कुलबहादुर वर्मालाई पक्राउ गरेको हो।

 

इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका–९ स्थित पूर्व जाने बस काउन्टर पछाडिबाट तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ एफजेड मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले प्लास्टिकको बोरा तथा झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको हो।

 

प्रहरीका अनुसार उनीहरूको साथबाट स्पास ग्लेनपारा २ हजार १४ पिस, एन्टिकफ ३ हजार ५ सय ६ पिस, मेफ्टाल स्पास १ हजार ५ सय पिस र टापेन्टाडोल ३ हजार ५ सय १४ पिस गरी कुल १० हजार ५ सय ३४ पिस ट्याब्लेट बरामद भएको छ।

 

यसैगरी, सोही दिन बागमती नगरपालिका–४ स्थित सानो डाबरी क्षेत्रमा सञ्चालन गरिएको ‘कर्डन एन्ड सर्च’ अभियानका क्रममा प्रहरीले कोडिन फस्फेट ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड (ओनेरेक्स) सिरपका चार बोतल सिलप्याक र ३२ थान ओनेरेक्स बरामद गरेको जनाएको छ।

 

 

पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.