वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० लाख रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न तथा विभिन्न किसिमका औषधि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले असोज ५ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँ र छपकैयास्थित बाटो हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद खाद्यान्न तथा विभिन्न किसिमका औषधिको कुल मूल्य २० लाख ९१ हजार २ सय २० रहेको छ।
प्रहरी टोलीले उक्त सामान फेला पारी बरामद गरेपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया