वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट १९ वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ बस्ने २९ वर्षीय विष्णु नारायण चौरसिया र सोही स्थानका २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहिवार दिउसो साढे चार बजे वीरगंज–१६, इनर्वाबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले उनीहरू ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया