logo

नक्कली स्टिकर र ब्राण्ड प्रयोग गरी म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने बारा र पर्साका दुई जना काठमाडौंमा पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ असोज १७ गते ०७: ३८ मा प्रकाशित     97   पटक पढिएको

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली स्टिकर तथा ब्राण्ड प्रयोग गरी म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ।

 


प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरी नगरपालिका–२५ स्थित विभिन्न खाद्य स्टोर तथा पसलमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो।

 


अनुगमनका क्रममा मिति उल्लेख नभएका तथा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री फेला परेपछि सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रहरीले नियन्त्रणमा लिएका सामग्रीमा मकानपुरी राजमा, ओखर  ब्राजीलियन मकै लगायतका खाद्य सामग्री रहेका छन्। यस्तै, प्याकेजिङ तथा स्टिकरसम्बन्धी कैफियत देखिएका सामग्रीसमेत फेला परेको प्रहरीले जनाएको छ।

 


प्रहरीले खाद्य सामग्री बिक्री गर्ने व्यवसायीलाई उत्पादन तथा उपभोग्य मिति स्पष्ट उल्लेख भएका सामग्री मात्र बिक्री गर्न, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्य वस्तु बिक्री नगर्न तथा मूल्यसूची र ब्राण्डसम्बन्धी विवरण स्पष्ट राख्न आग्रह गरेको छ।

 


 प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दत्तबहादुर थापाले उपभोक्ताको स्वास्थ्य र सुरक्षामा असर पर्ने गरी मापदण्डविपरीत खाद्य सामग्री बिक्री–वितरण गर्नेलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन्।


परिसरले स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ता अधिकारसम्बन्धी निकायसँग समन्वय गरी अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.