वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले पर्साका विभिन्न सीमा क्षेत्रमा भन्सार छली नेपाल भित्र्याइएका कपडा, इलेक्ट्रोनिक सामान, औषधि तथा बालुवा उत्खननमा प्रयोग भएको ट्रयाक्टरसहित करिब २६ लाख २५ हजार ७ सय १० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार असोज १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वा बलिरामपुर, वीरगञ्ज–१६ भन्सार मेनगेट क्षेत्र , वीरगञ्ज–१ बोरिङस्थित सीमा क्षेत्र, यस्तै, पकाहामैनपुर गाउँपालिका–५ सबैठवा सीमा क्षेत्र , यसैगरी, वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी क्षेत्र र वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोलामा अवैध रूपमा बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गरिरहेको अवस्थामा ना.५ त ४८४० नम्बरको सोनालिका ट्रयाक्टर नियन्त्रणमा लिइएको छ।
ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति कार्यालय पर्सामा बुझाइएको छ।
बरामद भएका भन्सार छलीका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।
तपाईको प्रतिक्रिया