logo

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

ब्यापार घाटा ८७ प्रतिशतले बढ्यो

      1/21/2017 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो  पहिलो ५ महिनामा आयात ७८ दशमलव ९ प्रतिशतले बढेको छ ।

सो अवधिमा आयात उच्च रुपमा बढ्दा निर्यात भने खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले मात्र बढेको छ । 

तथ्याङ्क अनुसार ५ महिनामा कुल निर्यात ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । तर, आयात भने ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको भएको छ । समीक्षा अवधिमा भारतबाट हुने आयात उच्च रुपमा बढेको छ । भारतबाट हुने आयात १ सय ५ प्रतिशतले बढेको छ । यसैगरी चीनबाट भएको आयात ४३ प्रतिशतले बढ्दा अन्य मुलुकबाट भएको आयात पनि ४३ दशमलव ८ प्रतिशतले बढ्न पुगेको छ ।

सवारीसाधन तथा तिनका पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात उच्च रुपमा बढेको छ । तर, कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

समीक्षा अवधिमा चीनतर्फको निर्यात भने बढेको छ । सो अवधमिा चीनतर्फको निर्यात ५५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । तर, चीनतर्फको निर्यातको आधार भने सानो रहेको छ । सो अवधिमा भारततर्फको निर्यात २२ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फको निर्यात ३९ दशमलव २ प्रतिशतले घटेको थियो । गत वर्ष नाकाबन्दीले गर्दा आयात तथा निर्यातमा उच्च गिरावट आएको थियो ।

वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतका वस्तुहरुको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८७ दशमलव ६ प्रतिशतले बढी ३ खर्ब ५२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३२ दशमलव ४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव २ प्रतिशत रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.