logo

लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउन पीडित अगुवाको अपिल

 इसीमाना सम्वाददाता     २०८० चैत ६ गते ०८: २७ मा प्रकाशित     557   पटक पढिएको

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ ।

 

मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारसँग सहमति भएपछि पीडितहरुले न्याय पाउने विश्वास लिए पनि पुनः लघुवित्तहरुले गाउँगाउँमा छिरेर अत्याचार बढाएको भन्दै आक्रोष व्यक्त गरे ।

 

नेपालको इतिहासमा निशेधित क्षेत्र तोडेर आफूहरु संसद भवन छिरेर शान्तिपूर्ण आन्दोलनको उत्कर्ष चुमेको दाबी गर्दै भने,“सरकार हाम्रा मागमा सकारात्मक छ, राष्ट्र बैंकका गभर्नर माफियाको संरक्षक भए तिनलाई पनि त्यहीँ घेर्ने दिन नआओस् ।”

लामो समयदेखि आन्दोलित आफूहरुको मागलाई हल्का लिए कुनै पनि समयमा सहमति तोडेर सडक तताउने र निर्णायक आन्दोलन गर्ने चेतावनीसमेत ज्ञवालीले दिए ।

समितिका सचिव रमेश तामाङले लघुवित्तबाट देशमा ४० लाख ऋणि र ६० लाख पीडित रहेको जनाउँदै सरकारले जसरी पनि न्याय दिनु पर्ने बताए ।

 

पछिल्लो समयमा लघुवित्तहरुले सरकारसँगको सहमतिलाई चुनौति दिदै गाउँगाउँ छिरेर पीडितमाथि ज्यादती बढाएकोप्रति अक्रोशित हुँदै भने,“लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउनु हामीले सरकारसँग सहमति गरेर आन्दोलन टुङ्ग्याएका छैनौं ।”

संघर्ष समितिका राष्ट्रिय स्वयमसेवक विभागका प्रमुख रमेश सेन्चुरीले सरकारसँग सहमति गरेर आफूहरुले अनैतिक सम्झौता नगरेको प्रष्ट्याउँदै भने,“लाखौं–लाखको जीवनको सवालको विषयमा त्यसै आन्दोलन छाड्ने कुरा छैन, पीडितले न्याय नपाउन्जेल लड्ने हो ।”

पत्रकार सम्मेलनमा झापाकी लुजा राई,मकवानपुरकी अष्टमाया दोङ,बाँकेका अब्दुल साह, बाराका ताहिर खान, सुर्खेतबाट आएकी हिरा राना,बर्दियाकी आशा सन्जेल र पाल्पाकी तारा पण्डेले आफूहरुले साढे २ वर्षदेखि न्यायको लागि संघर्ष जारी राखेको र अबपनि सरकारले नसुने जुनसुकै हदसम्म पनि आन्दोलनको स्तरवृद्धि गर्ने चेतावनी दए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.