logo

२२ लाख हुण्डी रकम सहित कलैयाका कुर्मी र बिन्दवासीनीका साह पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ९ गते ०८: २९ मा प्रकाशित     203   पटक पढिएको

वीरगञ्ज ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साहलाई हुण्डी रकम सहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरापलिका वडा नम्बर ६ रुंगटा कम्पलेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट पक्राउ गरेको हो ।

 

कुर्मीले भिरेको कालो झोला शंकास्पद देखिएपछि चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

 

उनकाअनुसार झोलाबाट १ हजार दरको नोट १ हजार ९५५ थान, ५ सय दरको नोट ५ सय थान र १ सय दरको नोट ७ वटा गरी नेपाली २२ लाख ५ हजार ७ सय रकम फेला परेको हो ।

 

उनीहरुबिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.