वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले वीरगञ्जबाट भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्साल छली गरेर ल्याएको १५ लाख ३४ हजार ४६६ मूल्य बराबरका सामान बरामद गरेको हो ।
वीरगञ्ज भन्सारस्थित खटिएको सीमा सुरक्षा गुल्मको टोलीले उक्त मूल्य बराबरका सामान बरामद गरेको हो ।
प्रस्ताबित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको कपडा, ईलेक्ट्रोनिक्स, कस्मेटिक, खाद्यन्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरु र एम्बिसनर कस्तुरी मदिरा लगायतका सामानहरु बरामद गरेको छ ।
साथै सामानहरु ओसार पसारमा प्रयोग गरिएको एकथान मोटरसाईकल र एकथान स्कुटर बरामद गरी १५ लाख ३४ हजार ४६६ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया