logo

बिल बिजक भन्दा बढीको माल भएको आशंका पक्राउ परेका गाडी माल सहित पथलैया चलान

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १३ गते १५: ०६ मा प्रकाशित     307   पटक पढिएको

बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले बुधवार साँझ विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर अलौबाट पक्राउ गरेको हो ।

 

मालवाहक गाडीहरु आइसीपबाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको पाएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं २५ अलौ स्थित सडकखण्डबाट बिआर शून्य पाँच जिए ९०४२ नम्बरको मालवाहक पिकअप र बिआर २२ क्यू ७७२७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

 

गाडीमा लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, अनलाईन भिसितिएस विल भन्दा बढी लोड रहेको आसंका रहेकोले पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

दुबै गाडीमा करि ४० लाख मूल्य बराबरको कपडहरु रहेको र आवश्यक कारवाहीकालागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थापाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.