वीरगञ्ज । भन्सार राजस्व छली गरि नेपाल भित्र्याइएका औषधी ,कपडा लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१२ पावर हाउस चोकबाट ना.८ ख ३५४९ नम्बरको ट्रकमा लोड रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सामानको मूल्य ५० लाख १२ हजार १ सय ८० मूल्य बराबर रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा ति समानहरु नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका–१२ पावर हाउस चोकबाट ना.८ ख ३५४९ नम्बरको ट्रकबाट ४१ लाख ९३ हजार १० रुपैँया बराबरका कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नं – १६ रजतजयन्ती चोकबाट चोरी पैठारी गरी भारतबाट ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधीहरू ८ लाख १९ हजार १ सय ७० रुपैँया बराबरको प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले बाताए ।
तपाईको प्रतिक्रिया