वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने ४२ वर्षका मुरारी प्रसाद यादव लाई पक्राउ गरेको छ ।
उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँबाट प्रहरीले लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले ३ केजी २ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
पैदल भारततर्फ जाँदै गरेका उनलाई जाँच गर्दा शरिरमा प्लाष्टिकको टेपले बेरेर लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि लागुऔषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी जनायो ।
तपाईको प्रतिक्रिया