logo

नारायणी सिमेन्टमा मिस्त्रीहरुसंग छलफल

      2/18/2017 गते 00 00 मा प्रकाशित     1362   पटक पढिएको

बीरगंज ७ फागुन ।
नारायणी सिमेन्ट उद्योग प्रालि लिपनिमाल बाराबाट उत्पादित त्रिशक्ति र बज्रशक्ति सिमेन्टको गुणस्तर एवं प्रयोग र उपयोग विधिको सम्बन्धमा आज डिलर मेसन मिट कार्यक्रम सम्पन्न भएको छ । उद्योग परिसरमा आयोजित कार्यक्रममा चाचान ग्रुप तथा नारायणी सिमेन्ट उद्योग प्रालिका अध्यक्ष बाबुलाल चाचानले नारायणी सिमेन्टले गुणस्तरमा कुनै सम्झौत नगर्ने बताए । उनले आम उपभोक्तको विश्वासले आज त्रिशक्ति सिमेन्ट देशकै स्थापित सिमेन्ट उद्योगको रुपमा नाम कमाउन सफल भएको दावी गरे  । उनले  डिलर, उपभोक्ता र निर्माण सम्बन्धि मजदुरहरुको विश्वासलाई थप मजबुत बनाउन गुणस्तरीय उत्पादनका लागि कारखानाले नयाँ नयाँ प्रविधि भित्र्याउदै गएको जानकारी दिए । कार्यक्रममा उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले नारायणी सिमेन्ट उद्योगको प्रगतिमा डिलर र उपभोक्ताको विश्वास बढ्दै गएको चर्चा गरे । कार्यक्रममा उद्योगबाणिज्य संघ बाराका अध्यक्ष विनोद साहले नेपालमै नारायणी सिमेन्ट उद्योग उत्पादन र गुणस्तरको हिसाबले यसले मध्यतराईकै गौरव बढाएको बताए  । उद्योगका अध्यक्ष बाबुलाल चाचानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पर्साका सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर, उद्योगका प्रवन्ध निर्देशक शतिस कुमार चाचान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा बाराका त्रिशक्ति सिमेन्टका डिलर तथा राजमिस्त्रीहरुको व्यापाक सहभागिता रहेको थियो । डिलरमिट कार्यक्रमको सहजिकरण निलिमा पौडेलले गरेकी थिइन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.