logo

क्याल समूहको अत्याधुनिक जस्तापाता उद्योग : दुई महीनाभित्रै व्यावसायिक उत्पादन

      3/24/2017 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

चैत ११, वीरगञ्ज । निर्माण सामग्री उत्पादनमा सक्रिय औद्योगिक घराना क्याल समूह अत्याधुनिक प्रविधिमा आधारित जस्तापाता उद्योग सञ्चालनको तयारीमा जुटेको छ । विगत २ दशकभन्दा लामो समयदेखि निर्माण सामग्री उत्पादन र यसको व्यवसायमा संलग्न यो समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा नारायणी स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

अत्याधुनिक प्रविधिबाट जस्तापाता उत्पादन गर्न लागिएको क्याल समूहका निर्देशक राजेश क्यालले जानकारी दिए । निकट भविष्यमा नै यो उद्योगले व्यावसायिक उत्पादन शुरू गर्ने उनले बताए । अबको करीब २ महीनाभित्रै उत्पादन शुरू गर्ने योजनाअनुसार काम अघि बढेको निर्देशक क्यालको भनाइ छ । ‘उद्योगका लागि आवश्यकीय संरचना निर्माण र उपकरण स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । २ महीनाजतिमा उत्पादन थाल्छौं,’ उनले आर्थिक अभियानसित भने । यो उद्योग दैनिक २ सय मेट्रिक टन जस्तापाता उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन हुने उनले बताए ।

नेपालमा विकास र भौतिक पूर्वाधार निर्माणको आवश्यकता बढी भएकाले यस्ता कार्यमा लगानी बढेपछि जस्तापातालगायत निर्माण सामग्रीको माग पनि बढ्ने बुझाइ क्याल समूहको छ । यो समूहले फलामे डण्डी, पाइप, सिमेण्ट, इँटालगायत सबै खालका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
यो उद्योगबाट रङ्गीन र सादा जस्तापाता उत्पादन हुने जानकारी क्यालले दिए । उद्योगले जस्तापाताको उत्पादनमा नवीन प्रविधि भित्र्याएकाले यसबाट उपभोक्तासमक्ष उच्चगुणस्तरीय उत्पादन पुर्‍याउन सकिने दाबी उद्योग व्यवस्थापनको छ ।अभियान दैनीकमा खवर छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.