logo

सात महनिामा ११ अर्बको क्लिङकर भित्रियो 

      3/23/2017 गते 00 00 मा प्रकाशित     1551   पटक पढिएको

काठमाडौं १० चैत। सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्करको आयात अत्याधिकरुपमा बढेको छ । सिमेन्ट उद्योगको संख्या बढेपनि पनि क्लिङ्कर उद्योग नथपिदा आयातमा निर्भर हुनु परेको हो ।चालु आर्थिक वर्षको सात महिनामा ११ अर्व १९ लाख रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको छ । जुन गत आवको सो अवधिको तुलनामा ३ सय ४१ दशमलव ८ प्रतिशतले बढी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । अघिल्लो आवको सात महिनामा नेपालमा २ खर्व ५३ करोड रुपैयाँबराबरको क्लिङ्कर आयात भएको देखिन्छ ।

भुकम्प पछिको पुननिर्माण तथा नवनिर्माणले गति लिन थालेपछि सिमेन्टको माग अत्याधिक बढ्दै गएको छ । सिमेन्टको माग बढेसँगै भएका उद्योगले क्षमता बढाउन थालेका छन् भने नयाँ उद्योग थपिने क्रम पनि बढेको छ । तर, क्लिङकरको उत्पादन भने उल्लेखीयरुपमा बढ्न सकेको छैन । यसले गर्दा क्लिङकर आयात उच्चदरमा बढेको उद्योगीहरु बताउँछन् ।
नेपाल क्लिंकर उत्पादक संघका अध्यक्ष पुरुषोत्तम सांघाई औद्योगिक वातावरण नवनिसकेकोले माग अनुसारको क्लिंकर उत्पादन गर्न नसकिएको बताए । त्यस्तै, बैंकहरुले उद्योग क्षेत्रमा सहज र पर्याप्त कर्जा प्रबाह नगर्दा समेत उत्पादन वृद्धिमा कठिनाई भएको उनको भनाई छ ।

सरकारले दुई वर्षभित्रै आयात विस्थापन गर्दे क्लिङकरमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर, लक्ष्यविपरित आयात भने उच्चदरमा बढ्दै गएको छ । आर्थिक बर्ष ७२र७३ मा नेपालमा ९ अर्व ८४ करोड रुपैयाँ बराबरको क्लिंकर भित्रिएको थियो । त्यस्तै, ०७१र७२ मा ८ अर्व ४० करोड, ०७०र ७१ मा ६ अर्व ५५ करोड र आर्थिक बर्ष ०६९र७० मा ५ अर्व ९९ करोड बराबरको क्लिंकर आयात भएको केन्द्रको तथ्यांक छ । पाँच आर्थिक बर्षको तथ्यांकले नेपालमा क्लिंकर आयात बार्षिक रुपमा बढेको देखाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.