logo

विकास खर्च नगर्दा सरकारी ढुकुटीमा २३४ अर्ब

      4/22/2017 गते 00 00 मा प्रकाशित     1098   पटक पढिएको

काठमाण्डौ ९ बैशाख। सरकारले चालु आर्थिक बर्षलाई 'बजेट कार्यान्वयनको बर्ष' घोषणा गरे पनि आर्थिक बर्ष सकिन अढाइ महिना मात्र बाँकी छँदासमेत २७ प्रतिशत मात्र विकास खर्च गरेको छ। 

एमाले नेतृत्वको सरकारले बनाएको बजेट

कार्यान्वयन गर्ने बेलामा माओवादी आएको छ।

एउटाले बनाए बजेट अर्कोले कार्यान्वयन नगर्दिँदा पनि समस्या आएको हो। 
 

१० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले बैशाख ६ गतेसम्म विकास निर्माणमा विनियोजित बजेटको २६.९९ प्रतिशत मात्र खर्च गर्न सकेको छ। चालु बर्षभरी सरकारले तीन खर्ब ११ अर्ब रुपैयाँ विकास निर्माणलाई बजेट छुट्याएको थियो। यसमध्ये ८४ अर्ब १८ करोड रुपैयाँ मात्र खर्च गरेको हो।

सरकारले बजेट खर्च गर्न नसक्दा ढुकुटीमा दुई खर्ब ३४ अर्ब रुपैयाँ थुप्रिएको छ। सरकारले विकास निर्माणमा खर्च नगरि उठाएको राजश्व आफ्नो ढुकुटीमा राख्दा बैकिङ प्रणालीमा भने ऋण दिन सक्ने पैसाको अभाव भएर ब्याज दर बढिरहेको छ।

सरकारले सामान्य खर्च पनि ५३ प्रतिशत मात्र गरेको छ। कुल तीन खर्ब २८ अर्ब रुपैयाँ खर्च गरेको छ। यसमा कर्मचारी तलव सुविधालगायत पर्छ। सरकारले ऋण तिर्न छुट्याएको एक खर्ब १९ अर्बमध्ये ३३ प्रतिशत मात्र खर्च भएको छ।

१० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको

सरकारले बैशाख ६ गतेसम्म विकास

निर्माणमा विनियोजित

बजेटको २६.९९ प्रतिशत

मात्र खर्च गर्न सकेको छ। 
 

सरकारले राष्ट्र बैंकको ढुकुटीमा पैसा थुपारेर राखेपछि बैंकहरुसँग ऋण दिने पैसाको अभाव भएको छ। बचतको ब्याज बढाउँदा पनि निक्षेप संकलन हुन सकेको छैन। पैसा अभावले  ऋणको माग हुँदासमेत लगानी गर्न नसकिएको बैंकरहरुले बताउन थालेका छन्। 

अहिले मुद्दति निक्षेपको ब्याज दर १२ प्रतशित र बचत खाताको ब्याज दर ८ प्रतिशतसम्म पुगेको छ। नयाँ ऋण लिनेलाई ब्याज दर १३ प्रतिशत माथि पुगेको छ। एमाले नेतृत्वको सरकारले बनाएको बजेट कार्यान्वयन गर्ने बेलामा माओवादी आएको छ। एउटाले बनाए बजेट अर्कोले कार्यान्वयन नगर्दिँदा पनि समस्या आएको हो। सरकारले खर्च नगर्दा राष्ट्रिय गौरवका आयोजनाहरु कार्यप्रगति निरासाजनक छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.