logo

आर्थिक वर्षको पहिलो महिना बीरगंज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

      8/17/2018 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

वीरगन्ज १ भदौ । मुलुककै प्रमुख स्थल भन्सार कार्यालय वीरगन्ज/आईसिपीले साउन महिनाको राजस्व लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । 

 


कार्यालयले आर्थिक वर्षको ०७५/७६ को पहिलो महिनामा १२ अर्व ६१ करोड ८७ लाख  ९१ हजार रुपैया राजस्व संकलन गरेको छ । यो महिनामा राजस्व बिभागले दिएको लक्ष्य भन्दा ६० करोड ६३ लाख ८२ हजार बढी संकलन भएको भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए  ।

 

भन्सार बिभागले भने १२ अर्व १२ अर्व १करोड २४ लाख ९ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएको थियो । चालू आर्थिक बर्षमा वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले संकलन गरेको राजस्व प्रतिशत भने १०५.०५ रहेको छ ।
गत बर्षको यही अवधिमा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

 

तर यस पटक  वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामा  गत आर्थिक बर्ष २०७४/०७५ को यही अवधीमा वीरगन्ज भन्सार कार्यालयले आठ अर्ब ७२ करोड ३१ लाख आठ हजार राजस्व संकलन गरेको थियो । बिभागले दिएको लक्ष्यमा जम्मा ९२.७३ प्रतिशत राजस्व संकलन भएको थियो ।

 

भन्सार विभागले गत आर्थिक बर्षको यही अवधीको लागि नौ अर्ब, ४० करोड ७४ लाख ७० हजारको लक्ष्य दिएको थियो ।

 

चालू आर्थिक बर्षमा वीरगन्ज/आईसिपी भन्सार कार्यालयले १०५.०५ प्रशितले संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही महिनाको तुलनामा चालू आर्थिक बर्षको राजस्व संकलन ४४.६६ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी यादवले बताए  ।

 

संकलित राजस्व मध्य चार अर्ब २६ करोड ३४ लाख ४४ हजार भन्सार महशुलबाट संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकर तर्फ पाँच अर्ब ३६ करोड ६६ लाख १७ हजार राजस्व संकलन गरेको छ । अन्तः शुल्कतमा वीरगन्ज भन्सार कार्यालयले दुई अर्ब २५ करोड ७० लाख ४६ हजार राजस्व संकलन भएको छ ।

 

पूर्वाधार करतर्फ २२ करोड ९२ लाख २४ हजार रुपैंया संकलन गरेको छ । चालू आर्थिक बर्षको पहिलो महिनामै सवारी साधन तथा पेट्रोलियम पदार्थ नै बढी आयात भएकोले राजस्व संकलनमा पनि वृद्धि भएको सूचना अधिकारी यादवको भनाई छ ।      
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.