logo

अन्तशुल्क स्टिकरमा हिनामिना गर्ने कलवार दाजुभाई धरौटी तीर्न नसकेपछि कारागार चलान

      9/12/2019 गते 00 00 मा प्रकाशित     2222   पटक पढिएको

बीरगंज २६ भदौ । मदिरा उद्योगले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएका छन् ।

 

उदयपुर डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण कलवार कार्यालयले तोकेको ११ करोड ६५ लाख नौ हजार एकसय ३२ रुपैंया धरौटी रकम बुझाउन नसक्दा बिहीबार कारागार चलान भएका हुन । वीरगन्जको रामगढवामा रहेको उदयपुर डिष्टिलरी प्रालिले २०७१/०७२ देखि २०७५/०७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान अन्तःशुल्कको स्टिकर लगेर उत्पादनमा खपत भएको कागजमा देखाएपनि स्थलगत रुपमा गरिएको भौतिक परिक्षणमा खर्च नगरी हिनामिना गरेको पाईएको छ ।

 

त्यस्तै पर्साको पोखरिया नगरपालिकामा जयश्री धौलागिरी डिष्टिलरीको नाममा दर्ता रहेको उद्योगले दुईवटा उद्योगहरुले २०७४÷०७५ देखि २०७५/०७६ सम्ममा आन्तरिक राजस्व कार्यालयबाट खरिद गरेर लगेको अन्तःशुल्क स्टिकरहरु मध्य ७ लाख ४५ हजार ६ सय १५ थान स्टिकर हिनामामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

दुवै उद्योगले उत्पादनमा खपत भएको प्रमाण पेश गरेको भएपनि कार्यालयले स्थगलत रुपमा गरिएको भौतिक परिक्षण गणनामा मौज्दात पनि नदेखिएकोले आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपिकृष्ण कोईरालाको आदेशमा उदयपुर डिष्टिलरीका संचालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण प्रसाद कलवारलाई ५ करोड ४८ लाख २९ हजार २ सय ८५ रुपैंया धरौटी माग गरिएकोमा धरौटी नबुझाएपछि दुवैजनालाई कारागार चलान गरेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपिकृष्ण कोईरालाले बताए । उनले भने, “झण्डै ४/५ महिनाको अनुसन्धानपछि यो तथ्य फेला प¥यो ।

 

१५/२० दिन अगाडि नै यति धरौटी माग गर्नुपर्ने देखिएको थियो । उहाँहरुलाई धरौटीको रकम बुझाउन भन्दा भन्दै पनि बुझाउन नसकेपछि कारागार पठाउनुप¥यो ।” कार्यालय प्रमुख कोईरालाका अनुसार माग गरिएको धरौटी रकमको लागि १५/२० दिनदेखि ताकेता गर्दा पनि बुधबार सम्ममा जम्मा ३ करोड मात्रै धरौटी रकम संकलन भएको बताएपछि बिहीबार उनीहरु दुवैजनालाई कारागार चलान गरेको हो ।

 

आन्तरिक राजस्व कार्यालय वीरगन्जमा यति धेरै धरौटी माग गरी बुझाउन नसकेकालाई कारागार चलान गरेको पहिलो घटना हो । यसअघि नक्कली अन्तःशुल्क प्रकरणमा ५४ करोड हिनामिनामा ८ जना कारवाहीमा परेका थिए । कार्यालय प्रमुख कोईरालाले भने, “सक्कली अन्तःशुल्क नै हिनामिना गरेर यति धेरै विगो धरौटी स्वरुप बुझाउनु पर्ने घटना सम्भवतः वीरगन्जको पहिलो हो । यसअघि ५४ करोड हिनामिनामा नक्कली स्टिकरमा धेरैजना कारवाहीमा परेका थिए ।कारागार चलान गरिएका कलवारद्वय बीरगंजको श्रीराम चलचित्र मन्दीरका संचालक हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.