logo

नेपालका प्राकृतिक व्यक्तिको कर सार्क राष्ट्रकै महँगो

कुन देशका बासिन्दा प्राकृति व्यक्तिको कर कति महगो छ ? (अध्यनका लागि सार्क राष्ट्रको वार्षिक आय नेपाली रुपैयाँ २५ लाखलाई आधार लिइएको छ ।)

      3/18/2020 गते 00 00 मा प्रकाशित     1225   पटक पढिएको

डा. दीपेन्द्रकुमार चौधरी

सन् १९८५ मा स्थापना भएको क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली संघ (सार्क) को हाल आठ सदस्य छन् । नेपाल सरकारलगायत सार्क राष्ट्रका सरकाहरूले आफ्नो देशका आमजनताको आयमा कर लगाई देश तथा जनताको विकासको लागि खर्च गर्छ । तर विगत केही वर्षदेखि नेपाल सरकारले कर संकलन गरी, बजेट विनियोजन गर्छ तर उक्त बजेट खर्च गर्न सक्दैन । सार्क राष्ट्रहरूको आर्थिक सूचकांक तलको तालिका नं. १ बाट स्पष्ट हुन्छ ।
यी देशहरूको प्रतिव्यक्ति आयका आधारमा नेपाल पुच्छारमा रहेको छ भने करको दर तथा कर दायित्वका आधारमा अग्रिम स्थानमा रहेको छ । भुटान दोस्रो, श्रीलंका तेस्रो, बंगलादेश चौथो, भारत पाँचौं, अफगानिस्तान छैटौं, पाकिस्तान सातौं र माल्दिभ्स अन्तिम स्थानमा रहेको छ । सरकारले जनतासँग अत्यधिक कर उठाए पनि नेपालको विकास तथा प्रतिव्यक्ति आय उकास्न सकेको छैन । प्रतिव्यक्ति आयका आधारमा माल्दिभ्स पहिलो, श्रीलंका दोस्रो, भुटान तेस्रो, भारत चौथो, बंगलादेश पाँचौं, पाकिस्तान छैटौं, नेपाल सातौं र अफगानिस्तान अन्तिम स्थानमा रहेको छ । माथिको तालिकाबाट के स्पष्ट देखिन्छ भने कम कर भएका देशहरूको प्रतिव्यक्ति आय बढी छ ।

नेपाल
नेपालमा प्राकृतिक व्यक्तिले नेपालमा २५ लाख आय आर्जन गर्छ भने उसले नेपाली रुपैयाँ ६ लाख २४ हजार कर तिर्नुपर्छ, जुन सरदर आयको २४.९६ प्रतिशत हुन जान्छ । नेपालमा आर्जित आयको पहिलो ४ लाखसम्ममा १ प्रतिशत कर तिर्नुपर्छ भने ४ लाखभन्दा बढी १ लाखसम्म १० प्रतिशत, ५ लाखभन्दा बढी २ लाखसम्ममा २० प्रतिशत, ७ लाखभन्दा बढी १३ लाखसम्ममा ३० प्रतिशत र २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशतको दरले कर लाग्छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा २५ लाख आय आर्जन गर्ने बासिन्दाले तिरेको कर सार्क राष्ट्र«हरूमा नै सबैभन्दा बढी नेपालकै रहेको छ ।

भुटान
भुटानमा प्राकृतिक व्यक्तिहरूले आर्जित गरेको आय मध्यभुटानी रुपैयाँ २ लाख सम्ममा कर छुट रहेको छ भने २ लाखभन्दा बढी ५० हजारसम्म १० प्रतिशत, २ लाख ५० हजारभन्दा बढी २ लाख ५० हजारसम्ममा १५ प्रतिशत, ५ लाखभन्दा बढी ५ लाखसम्ममा २० प्रतिशत र भुटानी १० लाखभन्दा बढीको आयमा २५ प्रतिशतको दरले कार लगाएको पाइन्छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा भुटानी १५ लाख ६२ हजार ५ सयलाई भुटानी रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ १.६० का दरले विनिमय गर्दा नेपाली रुपैयाँ २५ लाख हुन आउछ र उक्त आयमा नेपाली रुपैयाँ ४ लाख ५३ हजार कर तिर्नुपर्छ, जुन सार्क देशहरूको तुलनामा दोस्रो महँगो कर हो ।

श्रीलंका
श्रीलंकामा प्राकृतिक व्यक्तिहरूले आर्जित गरेको आयमध्ये श्रीलंकन रुपैयाँ ६ लाखसम्ममा ४ प्रतिशत, ६ लाखभन्दा बढी ६ लाखसम्म ८ प्रतिशत, १२ लाखभन्दा बढी ६ लाखसम्ममा १२ प्रतिशत, १८ लाखभन्दा बढी ६ लाखसम्ममा १६ प्रतिशत, २४ लाखभन्दा बढी ६ लाखसम्ममा २४ प्रतिशत र ३० लाखभन्दा माथिलो आयमा २४ प्रतिशतको दरले कार लगाएको पाइन्छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा श्रीलंकन रुपैयाँ ३९ लाख ६ हजार २ सय ५० लाई श्रीलंकन रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ ०.६४ का दरले विनिमय गर्दा नेपाली रुपैयाँ २५ लाख हुन आउँछ र उक्त आयमा नेपालि रुपैयाँ ३ लाख ६९ हजार ६ सय कर तिर्नु पर्छ, जुन सार्क देशहरूमा तेस्रो महँगो कर हो । जबकि श्रीलंकन रुपैयाँ नेपाली रुपैयाँको तुलनामा कमजोर छ, जुन विनिमय दरबाट स्पष्ट हुन्छ ।

बंगलादेश
बंगलादेशमा बासिन्दा प्राकृतिक व्यक्तिहरूले आर्जित आयमध्ये बंगलादेशी रुपैयाँ २ लाख ५० हजार सम्ममा कर छुट छ भने २ लाख ५० हजारभन्दा बढी ४ लाखसम्म १० प्रतिशत, ६ लाख ५० हजारभन्दा बढी ५ लाखसम्ममा १५ प्रतिशत, ११ लाख ५० हजारभन्दा बढी ६ लाखसम्ममा २० प्रतिशत, १७ लाख ५० हजारभन्दा बढी ३० लाखसम्ममा २५ प्रतिशत र ४७ लाख ५० हजारभन्दा माथिलो आयमा ३० प्रतिशतको दरले कार लगाएको पाइन्छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा बंगलादेशी रुपैयाँ १८ लाख ११ हजार ५ सय ९४ रुपैयाँ २० पैसालाई बंगलादेशी रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ १.३८ को दरले विनिमय गर्दा नेपालि रु.२५ लाख हुन आउँछ र उक्त आयमा नेपाली रु. ३ लाख ४५ हजार ५ सय ५० कर तिर्नुपर्छ, जुन सार्क देशहरूमा चौथो महँगो कर हो ।

भारत
भारतमा प्राकृतिक व्यक्तिहरूले आर्जित आय मध्यभारतीय रुपैयाँ ५ लाखसम्ममा कर छुट छ । ५ लाखभन्दा बढी २ लाख ५० हजारसम्म १० प्रतिशत, ७ लाख ५० हजारभन्दा बढी २ लाख ५० हजारसम्ममा १५ प्रतिशत, १० लाखभन्दा बढी २ लाख ५० हजारसम्ममा २० प्रतिशत, १२ लाख ५० हजारभन्दा बढी २ लाख ५० हजारसम्ममा २५ प्रतिशत र ५० लाखभन्दा बढीको आयमा ३० प्रतिशतको दरले कार लगाएको छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा भारतीयरुपैयाँ१५ लाख ६२ हजार ५ सय लाई भारतीय रुपैयाँ एकको विनिमय दर नेपालीरुपैयाँ १.६० का दरले विनिमय गर्दा नेपाली रुपैयाँ २५ लाख हुन आउछ र उक्त आयमा नेपाली रुपैयाँ ३ लाख १० हजार कर तिर्नुपर्छ, जुन सार्क देशहरूमा औसत कर रहेको बुझिन्छ ।

अफगानिस्तान
अफगानिस्तानमा प्राकृतिक व्यक्तिहरूले आर्जित आयमध्ये अफगानी रुपैयाँ ६० हजारसम्ममा कर छुट दिएको छ भने ६० हजारभन्दा बढी ९० हजारसम्म २ प्रतिशत, १ लाख ५० हजारभन्दा बढी १० लाख ५० हजारसम्ममा १० प्रतिशत र १२ लाखभन्दा माथिलो आयमा २० प्रतिशतका दरले कार लगाएको छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा अफगानी रुपैयाँ १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसालाई अफगानी रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ १.५० को दरले विनिमय गर्दा नेपाली रुपैयाँ २५ लाख हुन आउँछ र उक्त आयमा नेपाली रुपैयाँ ३ लाख २ सय कर तिर्नुपर्छ । जुन सार्क देशहरूमा औसतभन्दा कम कर रहेको बुझिन्छ ।

पाकिस्तान
पाकिस्तानमा बासिन्दा प्राकृतिक व्यक्तिहरूले आर्जित आयमध्ये पाकिस्तानी रुपैयाँ ६ लाखसम्ममा कर छुट दिएको छ भने ६ लाखभन्दा बढी ६ लाखसम्म ५ प्रतिशत, १२ लाखभन्दा बढी ६ लाखसम्ममा १० प्रतिशत, १८ लाखभन्दा बढी ७ लाखसम्ममा १५ प्रतिशत, २५ लाखभन्दा बढी १० लाखसम्ममा १७.५० प्रतिशत, ३५ लाखभन्दा बढी १५ लाखसम्ममा २० प्रतिशत, ५० लाखभन्दा बढी ३० लाखसम्ममा २२.५० प्रतिशत,८० लाखभन्दा बढी ४० लाखसम्ममा २५ प्रतिशत, १ करोड २० लाखभन्दा बढी १ करोड ८० लाखसम्ममा २७.५० प्रतिशत, ३ करोडभन्दा बढी २ करोडसम्ममा ३० प्रतिशत, ५ करोडभन्दा बढी २ करोड ५० लाखसम्ममा ३२.५० प्रतिशत र ७ करोड ५० लाखभन्दा माथिलो आयमा ३५ प्रतिशतको दरले कार लगाएको छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा पाकिस्तानी रुपैयाँ ३२ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ ६८ पैसालाई पाकिस्तानी रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ०.७६ को दरले विनिमय गर्दा नेपाली रु. २५ लाख हुन आउँछ र उक्त आयमा नेपाली रुपैयाँ २ लाख ५३ हजार २ सय कर तिर्नुपर्छ, जुन सार्क देशहरूमा औसतभन्दा कम कर हो । जबकि पाकिस्तानी रुपैयाँ नेपाली रुपैयाँको तुलनामा कमजोर रहेको विनिमय दरबाट स्पष्ट हुन्छ ।

माल्दिभ्स
माल्दिभ्समा बासिन्दा प्राकृतिक व्यक्तिहरूले आर्जित आयमध्ये माल्दिभ्सय रुपैयाँको ७ लाख २० हजार अर्थात् नेपाली रुपैयाँ ५४ लाख ७ हजार २ सय सम्ममा कर छुट दिएको छ भने माल्दिभ्सीयन रुपैयाँ ७ लाख २० हजारभन्दा बढी ४ लाख ८० हजारसम्म ५.५० प्रतिशत, १२ लाखभन्दा बढी ६ लाखसम्ममा ८ प्रतिशत, १८ लाखभन्दा बढी ६ लाखसम्ममा १२ प्रतिशत र २४ लाखभन्दा बढीआयमा १५ प्रतिशतको दरले कार लगाएको छ । यसरी विभिन्न स्ल्याबमा कर गणना गर्दा माल्दिभ्सीयन रुपैयाँ ३ लाख ३२ हजार ८ सय ८९ रुपैयाँ ४८ पैसालाई माल्दिभ्सय रुपैयाँ एकको विनिमय दर नेपाली रुपैयाँ ७.५१ को दरले विनिमय गर्दा नेपाली रुपैयाँ २५ लाख हुन आउँछ । जबकि सोभन्दा बढी आयमा कर छुट रहेकाले नेपाली रुपैयाँ २५ लाखको आयमा शून्य कर लाग्छ, जुन सार्क देशहरूमा सबैभन्दा कम कर हो ।
माथिको विश्लेषणबाट सार्क राष्ट्रहरूको आयमा नेपाल सबभन्दा कमजोर छ भने करको दर तथा कर दायित्वका आधारमा अग्रिम स्थानमा छ । प्रतिव्यक्ति आयका आधारमा नेपाल सातौं तथा जीडीपीको ऋण प्रतिशतको आधारमा नेपाल सातौं स्थानमा रहेको छ । विनिमयका आधारमा पनि नेपाल कमजोर नै रहेको देखिन्छ । नेपालको सबै सूचकांकहरूमा सुधार गर्न आवश्यक छ । साथै विगतका वर्षदेखि नेपाल सरकारले अनुमान गरेजतिको व्यक्तिगत आय कर उठाउन सकिरहेको छैन । जसको मुख्य कारण हो, नेपालको निजी क्षेत्रभित्र प्रशासनिक, व्यवस्थापकीय, प्राविधिज्ञ तथा दक्ष जनशक्तिको रूपमा काम गर्ने बासिन्दा प्राकृतिक व्यक्तिहरूको तलब नेपाल सरकारले तोकेको न्यूनतम ज्याला दरको तुलनामा चार पाँच गुणाभन्दा बढी रहेको छ । तर, करको महन्गो दर तथा कम स्ल्याबका कारणले ती कर्मचारीहरू आफ्नो तलबमा कर कट्टा नगरी भुक्तानी लिने गरेका छन्, जसले गर्दा सरकारले अनुमान गरे जति व्यक्तिगत आय कर उठाउन सकिरहेको छैन ।
नेपाल सरकारले न्यूनतम ज्यला दर १३ हजार ४ सय ५० तोकेको छ, जसबाट सञ्चयकोष तथा सामाजिक सुरक्षा कर कट्टी गरी जम्मा १२ हजार ५ सय २० रुपैयाँ श्रमिकको हातमा आउँछ, जसबाट दुई अंकमा रहेको मुद्रास्फीतिमा परिवार चलाउन असम्भव रहेको छ । हाल सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा निर्देशिकाले सबै श्रमिकको आधारभूत तलबको ३१ प्रतिशत कट्टा गरी कोषमा जम्मा गर्नुपर्नेछ । तर उक्त रकम ६० वर्ष उमेर पूरा नभएसम्म निकाल्न पाउदैनन्, साथै बिमा तथा अन्य सुविधाको हकमा न्यूनतम ज्याला वा सोभन्दा बढी कमाउने सबै श्रमिकलाई बराबर सुविधाको व्यवस्था छ । यो सबै विषय सामाजिक तथा व्यावहारिकभन्दा फरक विषय भएकाले योगदान गरेको रकमका आधारमा सुविधाको व्यवस्था मिलाउन आवश्यक छ ।
हालको स्लाबमा संशोधन गरी आयको ८ लाख सम्ममा १ प्रतिशत, ८ लाखदेखि १२ लाखसम्म १० प्रतिशत, १२ लाख देखि १६ लाखसम्ममा १५ प्रतिशत, १६ लाख देखि २० लाखसम्ममा २० प्रतिशत, २० लाख देखि २५ लाखसम्ममा २५ प्रतिशत र २५ लाखभन्दा माथिलो आयमा ३० प्रतिशतको दरले कार लगाउन उपयुक्त हुन्छ । साथै करको प्रतिशतलाई आधार समूह बनाई करदाताहरूलाई सो समूहअनुसारको सेवा तथा सुविधाहरू दिनुपर्छ । यस्तो करको स्ल्याब तथा दरमा संशोधन गरिएमा कुनै बासिन्दा प्राकृतिक व्यक्तिले २५ लाख आय आर्जन गरेमा जम्मा ३ लाख १३ हजार मात्र कर तिर्नुपर्छ । साथै सरकारले मुद्रास्फीतिलई ध्यानमा राखेर न्यूनतम तलब तथा ज्यालामा वृद्धि गर्नुपर्नेछ । सथै स्वास्थ्य, शिक्षा तथा खाद्यान्नको दर भाउ कम गर्न पनि आवश्यक रहेको छ । सामाजिक सुरक्षा कोषको सुविधाहरू, कर तिर्ने व्यक्तिहरूको समूहको आधारमा व्यक्तिहरूलाई दिइने सेवा तथा सुविधाहरूमा फरकपन ल्याउन सके सरकारले अनुमान गरेअनुसारको कर उठाउन सकिनेछ र नेपाल सार्क राष्ट्रको महँगो कर सूचीबाट पनि हट्नेछ ।

 

कारोबार दैनिकबाट साभार.............

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.