logo

वीरगंजमा दीपलको नयाँ स्टेट अफ आर्ट शोरुम संचालन, दीपल एस ०५ सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: ३९ मा प्रकाशित     249   पटक पढिएको

वीरगंज । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले वीरगंजमा आफ्नो नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याएको छ। शोरुममार्फत नोभस ब्रदर्स प्रालिले दीपलका अत्याधुनिक ईभीको बिक्री, वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।

 

शोरुम उद्घाटनको अवसरमा कम्पनीले लक्जरी, स्टाइल र अत्याधुनिक टेक्नोलोजीले भरिएको इलेक्ट्रिक एसयूभी दीपल एस०५ पनि सार्वजनिक गरेको छ। वीरगंजको होटेल क्लार्कमा आयोजना गरिएको एक भब्य कार्यक्रममा ईभी गाडी सार्वजनीक गरिएको हो ।

 

वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारयण सुवेदी , शसस्त्र प्रहरीका डिआइजी दीपेन्द्रशाह, नायिका निती शाह,  वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम, साथै नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाल, निर्देशक संजय अग्रवालले संयुक्त रूपमा दीपल एस ०५ लाई सार्वजनीक गरेका थिए।

 

दीपल एस०५  लक्जरी, आराम र प्रविधिको संयोजन

 

केही महिनाअघि नेपालमा सार्वजनिक भएको दीपल एस०५ छोटो समयमै बजारमा चर्चित बनेको मोडेल हो। यसमा विश्वकै ठूला ब्याट्री निर्माता सीटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।० जडान गरिएको छ, जसको चार्जिङ साइकल ५ हजार(६ लाख किलोमिटर) रहेको छ।

 

गाडीका दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड छन्। साथै, क्विन कोपाइलट सिटले जिरो ग्राभिटी, लेग सपोर्ट र वान–टच नेप मोडमार्फत यात्रामा अत्यधिक आराम प्रदान गर्छ।

 

दीपल एस०५मा सेग्मेन्ट(एक्स्क्लुसिभ ‘रिमोट इन–एन्ड–आउट पार्किङ’ सुविधा छ, जसले साँचोको प्रयोग गरेर गाडी सजिलै अगाडि–पछाडि सार्न सकिन्छ। साथै, यसमा सेग्मेन्टमै पहिलो ‘अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले’ र १४।४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको छ। इन्टरनेट कनेक्टिभिटीले ड्राइभिङ अनुभव अझ आधुनिक बनाएको छ। 

चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम

कम्पनीले वीरगञ्जमा चार दिने विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यसमा ग्राहकहरूले दीपलका विभिन्न मोडलहरू जस्तै दीपल एस०७ आईसीए, दीपल एल०७, अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

May be an image of car and text that says 'DEEPAL MAW |楽 VRIDDHI ON THE OCCASION OF OPENINGOF OF DEEPAL BIRGUNJ SHOWROOM TEST DRIVE & EVENT EXCHANGE 30 ASOJ TO 2 KARTIK, 2082 BAHAURI 14, NEAR GANDAK CHOWK DEEPALSOS'

एक्सचेन्ज कार्यक्रममा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको मूल्याङ्कन, निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर प्राप्त गर्ने अवसर पाउने छन्।

 

दीपलको नयाँ शोरुम र एस०५ सार्वजनिकले वीरगंजमा इलेक्ट्रिक सवारी साधनको बजारलाई थप गति दिने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.