logo

उपभोक्ताको गुनासो पछि बजार अनुगमन,गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना

      4/24/2020 गते 00 00 मा प्रकाशित     930   पटक पढिएको

बीरगंज  १२ बैशाख ।
बीरगंजको रानीधाटमा रहेको  गोपाल ग्लोबल ट्रेडलाई वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अनुगमन टोलीले १ लाख रुपैया जरिवाना गरेको छ  ।

 

 मुल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाट स्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना गरिएको बाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीत बहादुर भण्डारीले जानकारी दिनु भयो  ।लकडाउनको ३१ औं दिन शुक्रबार वीरगञ्जमा बजार अनुगमन गरिएको छ ।


अनुगमनको क्रममा बीरगंजको पानीट्याङकी स्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५र५ हजार जरीवाना गरिएको छ । उनीहरुले खरिद बिल बिजक देखाउन नसकेकोले ५र५ हजार जरीवाना लिइएको भण्डारीले बताउनु भयो । 


 लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । 

लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.