logo

अर्वपति कालोबजारी अग्रवाललाई छुटाउन करोडौको चलखेल,सेटिङ्गमा मुद्धा अदालत गएन

      4/26/2020 गते 00 00 मा प्रकाशित     1025   पटक पढिएको

काठमाडौं, १४ बैसाख । कोरोना संकटका बेला थर्मल गनको कालोबजारी गरेका कारण पक्राउ परेका उद्योगी सुलभ अग्रवालविरुद्ध प्रहरीले तीन वर्ष कैदसहित चार मुद्दा चलाउन माँगदावी  गरेको छ ।

हुनत देश हामी बनाउछौ भनेर टेलिभिजनमा प्रचार गर्ने जगदम्बा स्टील (शंंकर ग्रुप)  मालिक शुलभ अग्रवाल कालोबजारी गरिरहेको अवस्थामा  पक्राउ परेलगत्तै छुटाउनकालागि सेटिङ्ग गर्नेहरुको सक्रियता पनि त्यतिकै बढेको छ । 

अग्रवालविरुद्ध चार मुद्दामा तीन वर्ष कैद र १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ बिगो माग गरिएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनु भएको छ  ।

परिसरले कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा मुद्दा चलाउन सिफारिस गरेको हो । अग्रवालविरुद्धको मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।तर प्रहरीले मुद्धालाई अदालती प्रक्रियाबाट किन लान चाहेन भन्ने प्रश्न पनि उठेको छ । 

प्रहरीको “स्टिङ अप्रेसन”बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो । तर,  उनलाई जोगाउन मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाउनुले पनि यो कुरालाई बल पुर्याएको देखिन्छ ।

अर्वपति अग्रवाललाई यो खालको “सहुलियत” दिने वतावरण बनाउन सत्तापक्ष र प्रतिपक्षका नेताहरुले निकै ठुलो कसरत गरेका छन । त्यसकोलागि करोडौमा सेटिङ भएको स्रोतको दावी छ ।

 

कोरोना भाइरसको संक्रमणका बेला कालो बजारी गर्ने उद्योग व्यवसायी सुलभ अग्रवाललाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगीमा मुद्दा चलाउनुपर्नेमा फितलो कानुन लगाइएको उपभोक्ता हित संरक्षण मञ्चको टिप्पणी छ ।


म बनाउछु मेरो देश बलीयो भन्दै विज्ञापन बजाउने जगदम्बा सिमेन्ट र जगदम्बा छड तथा युनीयन लाईफ इन्सुरेन्स र दर्जनौ कम्पनीका मालीक सुलभ अग्रवालले संकटको बेलामा नागरिक ठग्ने मात्र काम गरेको हो र ?कुटनीतीक नियोगको निलो नम्बर प्लेटको गाडीमा ज्वरो नाप्ने थर्मल गनको कालो धन्दा गरेर राष्ट्रकै बेइज्जत गरे । 

कालोबजारी सुलभ अग्रवाल लाई छुटाउन स्वयम राज्य मन्त्री मोतीलाल दुगड हात धोएर लागी परेका  छन । गृहमन्त्री प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई समेत  हारगुहार गरिएको छ । 

नेपालका लागि कीर्गिस्तानका अवैतनिक दूत समेत रहेका अग्रवालले कूटनीतिक सुविधाको गाडी दुरुपयोग गर्दै कालोबजारी गरिरहेका बेला चैत २५ गते ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए । अग्रवाल चीनबाट २ हजार ४ सयमा खरिद गरेका थर्मल गन १५ हजार रुपैयाँमा बेचिरहेको अवस्थामा पक्राउ परेका थिए ।

उनले ५ करोड लगानी गरेर २० हजार थान र्थमल गन नेपाल भित्रायका थिय । तर भन्सारमा १२ सय थानको मात्रै भन्सार बुझाएका थिए । ३५ सय पर्ने र्थमल गन उनले भनेकै मुल्य १५ हजारमा बेच्न पाएका भए २५ करोड कुम्ल्याउँथे । तर अग्रवालको कालो धन्दाको पछाडी किर्गीस्तान दुतावासको निलो नम्बर प्लेटको कुटनितीक नियोगको गाडी र त्यस भित्रको कालो धन्दा पर्दाफास भएको थियो । 

कालोबजारी सुलभ अग्रवाल लाई छुटाउन स्वयम राज्य मन्त्री मोतीलाल दुगड हात धोएर लागी परेका खबर सार्वजनीक भैरहेका छन । गृहमन्त्री प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई समेतलाइ हारगुहार गरिएको छ । 

कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले अग्रवाललाई नाटकीय ढंगले पक्राउ गरेको थियो । तर, त्यसयता उच्च तहबाट लगातार दबाब आइरहेपछि अग्रवालमाथिको अनुसन्धानमा अलमल हुँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.