logo

प्रहरीको कारण आफूहरुले सास्ती पाएको ब्यवसायीको गुनासो

      4/27/2020 गते 00 00 मा प्रकाशित     996   पटक पढिएको

बीरगंज १५ बैशाख । 
बीरगंजको इनर्वा प्रहरी चौकीका कारण बीरगंजका ब्यवासयीले सास्ती खेप्नु परेको गुनासो गरेका छन ।

 

आइतबार साँझ इनर्वा प्रहरीले बीरगंज भन्सार नजिकको रजत जयन्ती चोकबाट  छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएपछि यस्तो गुनासो आएको हो । 


 वीरगन्ज १६ रजत जयन्ती चोकबाट ना ५ ख.८५९ नंबरको ट्रकमा रहेको ५ सय बोरा छोहडाको ट्रक सहित  ट्रकका चालक  वीरगञ्ज १६ बस्ने विशाल क्षेत्रीलाई पनि पक्राउ गरेको छ ।

 

परवानीपुरमा रहेको  सत्यम एग्रो प्रालीबाट वीरगञ्ज २ छपकैयामा रहेको कैलाश कोल्ड स्टोर मा लैेजानकालागि ट्रक रजत जयन्तीबाट मालपोत कार्यालय आउदै थियो । त्यही बेलामा इनार्वा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएक ब्यवसायीको भनाई छ । मालपोत भन्दा पश्चिममा रहको कोल्ड स्टोरमा जान रजत जयन्ती भएरै घुम्नु पर्छ ।

 

त्याहा पुग्ने अर्को बैकल्पीक बाटो पनि छैन । मुख्य सडकबाट ट्रकहरु लकडाउन भएर सडक खाली भएपनि हिडेका छैनन ।गर्मीको समय शुरु भएको छ । छोहडा लाई उचित तापक्रममा नराख्ने हो बिग्रन्छ त्यहीकारण कोल्डस्टोर्समा राख्न लैजान खोज्दा प्रहरीले अनावश्यक रुपमा समातेर दुःख दिएको ब्यवसायीको भनाई छ । 

प्रहरीले भने भारत निकासी हुन लागेको सूचनाको आधारमा छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएको दावी गरेको छ ।

 

छोहडा सहितको ट्रकलाई अति आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको छोहडाको मूल्य ३७ लाख ५ हजार रहेको पर्सा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.