logo

सुख्खा बन्दरगाहमा कन्टेनरको जाम  ,टर्मिनल्सले कन्टेनर निकाल्ने वतावरण नवनाएको आयातकर्ताको गुनासो

      4/30/2020 गते 00 00 मा प्रकाशित     1579   पटक पढिएको

बीरगंज १८ बैशाख ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएका कन्टेनर बन्दरगाहबाट बाहिरिने क्रम रोकिएपछि बन्दरगाहमा कन्टेनरको जाम लागेको छ ।

 

 लकडाउन भएपनि  भारतबाट रेलमा आयात हुने कन्टेनर, बोराबन्द सामान तथा फलामसमेत बन्दरगाहबाट गन्तब्य सम्म जानेक्रम रोकिएकोले समस्या आएको हो । 

 

बन्दरगाह संचालक हिमालयन टर्मिनल्सले नै कन्टेर बन्दरगाहबाट निस्कने वतावरण नवनाएको आयातकर्ताहरुको गुनसो रहेको छ । टर्मिनल्सले रेलको र्याक खाली गर्न कुनै कसर बाँकी राख्दैन ।

 

तर कन्टेर आयातकर्तालाई दिने बिषयमा उसले गम्भिरता देखाउदैन । टर्मिनल्सका कारण अहिले बन्दरगाहको यार्ड भरिएको छ । अहिले यार्डमा ३ देखी ३ हजार ५ सयको वीचमा कन्टेनरहरु राखिएका छन ।

 


बुधवार साँझसम्म बन्दरगाहको यार्डमा ३ हजार २ सय ४ मालवस्तु बोकेका र २ सय ६९ खाली कन्टेनर छन् । 
टर्मिनल्सले कम जनशक्तिको आधारमा काम गर्न गार्हो भएको बताउदै आएको छ भने आयातकर्ताका प्रतिनिधि जो यार्डमा किलियरेन्सकोलागि काम गर्छन ।

 

उनीहरु भने टर्मिनल्सका कारण आयातकर्ताहरुले कन्टेनर झिक्न नपाएर डिटेनशन ड्यामरेज चार्ज तिर्न बाध्य भएको बताउछन । तोकेको समयमा कन्टेनर खाली नगरि ढिलो भएमा दुई खालको जरिवाना लिने गरेको छ ।

 

दैनीक ६ हजार र १० हजार भारतीय मुद्रा जरिवाना लिने गरेको छ । ब्यपार सहजीकरण गर्न बसेको इन्टरमोडेल पनि यो बेलामा मौन बसेको अयातकर्ताका प्रतिनिधिहरुको भनाई छ । 


रेलमा आएको सबै र्याक उतारेर रेल खाली गर्न हिमालय टर्मिनल्सले सक्छ तर कन्टेनर आयातकर्तालाई लोड दिन भने आनाकानी गर्दै आइरहेको छ । अहिले पनि बन्दरगाहमा २ सय लरी कन्टेनर बोक्न गएका छन ।

 

२ सय जना चालकहरु चाउ चाउ र चीउरा खाएर दिन बिताउनु परेको छ । आयातकर्ताका प्रतिनिधिहरु दिनहु भंसार पास गराउन जान्छन । कोरोना भाइरसको संक्रमणको जोखिममा काम गर्न गएकाहरुलाई काम नदिने हिमालय टर्मिनल्सका कार्यकारी अधिकृत बिष्णुकान्त चौधरीसंग आयातकर्ताले आग्रह गर्दा पनि कुनै सुनवाई गरेका छैनन ।

 

आयातकर्ता नेताहरुको काम भने गर्दै आएको अन्य ब्यवसायीले बताएका छन । टर्मिनल्सले कन्टेनर लोड अनलोड गर्नकालागि स्टाइकर समेत चुस्त रुपमा राखेको छैन । जसले गर्दा आयातकर्ताहरु समस्यामा परेका छन 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.