logo

दालको कालोबजारी गर्ने उधोगीहरु धरौटीमा रिहा,कानून ब्यवसायीको जिज्ञासा,द्रुत काम गर्ने गती कसरी पैदा भयो 

      5/3/2020 गते 00 00 मा प्रकाशित     1492   पटक पढिएको

बीरगंज २१ बैशाख । 
लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट पक्राउ गरेको उधोगी मुक्ति अग्रवाललाई जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको छ ।

 

 अग्रवाललाई प्रहरीले  दालको कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको थियो । बाराको परावानीपुरमा महावीर दाल मिल संचालन गर्दै आएका मुक्ति अग्रवाललाई बाराका प्रमुख जिल्ला अधिकारीको इजलाशले २१ लाख ६५ हजार रुपैया धरौटी माँग गरेको हो । 

 
महावीर दाल मिलका संचालक मुक्ति अग्रवालका  पिता भिखमचन्द अग्रवाल प्रहरीको खोजी सूचीमा हनुहुनथ्यो । उहाँ फेला नपरेपछि अर्का संचालक छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो  । दालको कालो बजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाल आजै छुटेका छन ।  

 

 हिजो साँझ पक्राउ परेका अग्रवाललाई आजै बयान लिएर आजै मुद्धा हेर्ने  प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरिएको थियो । हिजो पक्राउ परेका अभियुक्त संग आज बयान लिएर न्यायीक निर्णयकालागि मुद्धा हेर्ने अधिकारी समक्ष यति छिटो  पेश भएको मध्य तराईमा भएका बिरलै घटना मध्यको एक भएको कानून ब्यवसायीको टिप्पणी छ ।

 

 प्रहरीले यही रफ्तारमा  अरु बेला पनि काम गरिदिने हो  भने नेपालको प्रहरीको अनुसन्धान तथा न्याय सेवाले राम्रो प्रशंसा पाउने ति कानून ब्यवसायीको भनाई छ । ति कानून ब्यवसायीको जिज्ञासा छ बाराको प्रहरीमा यति छिटो काम गर्ने गती कसरी पैदा भयो ? 
 

 बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाललाई १८ लाख ५० हजार उहाँका सहयोगीलाई १ लाख ५० हजार  र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साहलाई १९ लाख १७ हजार उहाँका सहयोगी सुरेश प्रसादलाई १ लाख ५० हजार रुपैया धौरटी माँग भएको छ । प्रतिवादीहरु  धरौटी रकम जम्मा गरि हिरासतबाट मुक्त भएका छन ।

 

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले परावनीपुरमा रहेको  महावीर दाल उधोगमा अनुगमन गरेको थियो । 


अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि प्रहरीले मुक्ति अग्रवाल बाहेक अन्य उधोगीलाई बैशाख १४ मा पक्राउ गरेको थियो ।

५८ रुपैया खरिद मूल्य रहेको दालाको बिक्री मूल्य ८८ रुपैया कामय गरिएको छ । तर उधोगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको सूचना पाएपछि स्थानीय प्रशासन हर्कतमा आएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.