logo

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा क्लबको सहयोग

      5/4/2020 गते 00 00 मा प्रकाशित     1207   पटक पढिएको

बीरगंज २२ बैशाख।

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा को ओपरेटिभ  म्यानेजर्स क्लब पर्सालेआर्थिक सहयोग गरेको छ ।

 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा क्लबले रु २५ हजार सहयोग गरेको हो । सहयोग रकम बराबरको चेक को ओपरेटिभ  म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालले वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयो ।

 

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरिएको   क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चौरसियाले वताउनुभयो ।

 

यस अघि सहकारी आन्दोलनका अगुवा राष्ट्रि सहकारी बोर्डका सदस्य शम्भू गुप्ताले प्रदेश भरिका सहकारीलाई यो अवस्थामा सहयोग गर्न र सम्बन्धित स्थानीय सरकारमा मार्फत सहयोग र सेवामा जुटन अपिल गर्नु भएको थियो । त्यही अपिललाई सम्मान गर्दै क्लबले सहयोग उपलब्ध गराएको हो ।

मेयर सरावगीले सहयोगको लागि को ओपरेटिभ  म्यानेजर्स क्लबलाई धन्यावाद दिदै अगामी दिनमा पनि यसरी नै सहयोग प्राप्त भइरहने छ भने विश्वास समेत व्यक्त गर्नु  भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.