वीरगञ्ज । नबिल बैंकको बीरगंजको बाइपासमा रशेको शाखाबाट १ करोड ३४ लाख रुपियाँ चोरी भएको बैंकले आफनो जाहेरीमा उल्लेख गरेको छ ।
बैंकमा सोमवार बिहानीपख चोरी भएको थियो । तर कति रकम चोरी भयो भन्ने कुरा यकिन गर्न बैंकलाई एक दिन लाग्यो । बैंकले मंगलवार मात्र चोरी भएको रकम यकिन गरि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकोजिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए ।
चोरले ताल्चा काटेर बैंकमा प्रवेश गरि भल्ट फुटालेर रकम चोरी गरेका थिए। उनीहरु चोरीको रकम लिएर निस्कदा बैंकमा नयाँ ताल्चा मारेर हिडेका थिए ।
बिहान ९ बजे सुरक्षागार्ड अफिस खोल्न जाँदा गेटमा नयाँ ताल्चा लगाएको देखेपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
प्रहरी सूचना पाउँने वित्तिकै सोमबार विहान ९ बजे घटनास्थल पुगेको थियो । प्रहरीको रोहवरमा नयाँ चावी खोलेर भित्र हेर्दा भल्ट तोडफोड गरी रकम झिकेको र केही पैसा र कागजपत्र छरिएको अवस्थामा देखिएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।
थापाले बैंकको सुरक्षाकालागि खटिएको गार्ड समेत घटना भएको समयमा बैंकमा नहरेको बताए ।
प्रहरीले बैंकमा रहेको सिसिक्यामरा फुटेज लिएर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया