बीरगंज । बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा नं १७ एकिकृत भ्ंसार जाँच चौकी अगाडिको सडक खण्डबाट प्रहरीले शनिवार ट्रक नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेश ०३-००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी कपडाहरू लोड गरिएको सूचनाको अधारमा मिनी ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्वक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ट्रकमा ६० लाख बराबरको कपडा रहेको थापाले जनाए । प्रहरीले कपडाहरू आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।
तपाईको प्रतिक्रिया