logo

रेल कुद्ने कुरा वास्तविकतामा पुष्टि जनकपुरमा आयो रेल ,कागजको रेल बनाएर उडाउनेहरु दंग

      9/18/2020 गते 00 00 मा प्रकाशित     798   पटक पढिएको

नेपाली झण्डामा भएको रंगद्वारा रंगिएको दुई सेट रेल जनकपुरधाम आइसकेको छ ।   भारतको सरकारी कम्पन्नी कोंकर रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो ।

 

पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि  निर्माण गरिएको दुईसेट रेल निर्माण कम्पनीले केहि बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ ।

 

जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणको लागि एक कार्यक्रम राखिएको छ । धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भइरहेको उक्त कार्यक्रममा रेल विभागका उच्च अधिकारीहरुलाई कम्पनीले रेल हस्तान्तरण गर्ने छ ।


बहुप्रतिक्षित रेल जनकपुर आएपछि नेपालको इनर्वादेखि जनकपुरको कुर्थासम्म  रेल हेर्ने स्थानीयको घुँइचो लागेको छ ।

रेल सञ्चालन लगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवतजावत सहज हुने भएकाले स्थानीय हर्षित भएका छन् ।

 

नेपाल रेल संचालनको कुरा गर्दा प्रधानंत्री ओलीलाई कागजको रेल बनाएर उडाउने काम भएको थियो । तर आज नेपालको झण्डामा रहेको रंगमा  सजिएको रेल अव संचालनमा आउने कुरा हावदारी नभएर वास्तविक  पुष्टि भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.