logo

सानोपाईला सहकारीको १० औं बार्षिकोत्सव सम्पन्न, दुईवटा संस्थालाई आर्थिक सहयोग

      1/16/2021 गते 00 00 मा प्रकाशित     900   पटक पढिएको

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । आदर्शनगर स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको बार्षिकोत्सवको वीरगन्ज महानगरपालिकाका आर्थिक प्रशासन तथा सहकारी महाशाखाका प्रमुख रामदयाल यादवले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महाशाखा प्रमुख यादवले महानगरपालिपका क्षेत्र भित्रमा १९२ वटा सहकारी संस्थाहरु दर्ता रहेकोमा अहिले १६२ वटा सहकारी संस्थाहरु कृयाशील रहेको र त्यस मध्य सानोपाईला सहकारी संस्थाको पनि प्रगति विवरण संतोषजनक रहेको बताउनुभयो । उहाँले अहिले कृषिक्षेत्रमा आएको ह्रासलाई नियन्त्रण गर्न सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने हुँदा कृषि उत्पादनमा लगानी गर्न सहकारी संस्थालाई सुझाव दिनुभयो ।

सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तसबिरन खातनुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साकी उपसभापति मधु राणा, ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंह, आशाकिरण केन्द्रका महासचिव राजन श्रीवास्तव, सामुदायिक सेवा केन्द्र छप्कैयाका अध्यक्ष ज्ञासुद्दीन ठकुराई, ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतान, सञ्चारकर्मी सुरेश विडारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्दिरा पहाडीले गर्नुभएको थियो भने स्वागत संस्थाका प्रवन्धक अलि असर्रफ सिद्धीकीले गर्नुभएको थियो ।

यसैबीच सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा संस्थालाई आर्थिक सहयोग पनि गरेको छ । सामुदायिक सेवा केन्द्र छप्कैयालाई १५ हजार र आशाको किरण केन्द्रलाई २५ हजार रुपैंया सहयोग गरेको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत खातुनले सामुदायिक सेवा केन्द्रका अध्यक्ष ज्ञासुद्दीन ठकुराई र आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवलाई चेक हस्तान्तरण गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.