logo

व्यावसाय करमैत्री वातावरणको प्रत्याभूती नभएसम्म अर्थतन्त्रको विकास हुन सक्दैनः  महानगर प्रमुख सरावगी 

      3/3/2021 गते 00 00 मा प्रकाशित     784   पटक पढिएको

 नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बुधबार वीरगन्जमा अन्तरक्रिया सम्पन्न गरेको छ ।  

 

आगामी आर्थिक बर्ष २०७८/७९ को राजस्व नीति सम्बन्धी अन्तकृया तथा छलफल कार्यक्रममा  वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

उद्योग व्यावसाय फस्टाउदै जान थालेपछि राज्यले अनेक किसिमका करहरु लिने गरेको बताउदै उद्योगी व्यवसायीहरुलाई अनेक किसिमका करले उद्योग व्यापारमा समस्या हुने गरेको बताउनु भयो  ।

 

खुला सीमाका कारणले वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योगी व्यावसायीहरु सधैं मर्कामा पर्ने गरेको र यस विषयमा राजस्व परामर्श समिति गठन भएदेखि नै निरन्तर आवाजहरु उठाउदै आएको भएपनि अझैसम्म एउटै विषय बारम्बार उठाईरहनुपर्ने बाध्याता कायम रहेको बताउनु भयो  ।

 

उद्योगी व्यवसायीहरुलाई उद्योगको संरक्षण र व्यावसाय करमैत्री वातावरणको प्रत्याभूती नभएसम्म अर्थतन्त्रको विकास हुन नसक्ने नगर प्रमुख सरावगीको भनाई छ ।

 

राज्यका निकायहरुले निर्माण गर्ने नीतिहरु एकअर्कामा विरोधाभाष देखिएको र राजस्व परामर्श समितिले अन्तरसरकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो  ।

 

राज्यको नियन्त्रणमुखी व्यापारले गर्दा नै अवैध व्यापार बढेको जिकीर उहाँले थियो  । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने घरबहाल कर पनि आन्तरिक राजस्व कार्यालयले लिईरहेको भन्दै त्यो कर स्थानीय तहले फिर्ता पाउने कि नपाउने भन्ने विषय पनि अन्योल रहेको उहाँले बताउनु भयो  ।

 

कार्यक्रममा राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहाल, आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्य, सदस्य सचिव भूमिराज शर्मा लगायतको सभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.