logo

आगामी आर्थिक वर्षकालागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट बीरगंज महानगरसभाबाट पारित

      6/24/2021 गते 00 00 मा प्रकाशित     665   पटक पढिएको


वीरगन्ज महानगरपालिकाको नगरसभा प्रस्तुत गरिएको विभिन्न विधयेकहरु पनि पारित गरेको छ । नगरसभामा वीरगंज महानगरपालिकाको अध्यक्षबाट प्रस्तुत आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ पारित गरेको छ ।

 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको अनुमान निर्णयार्थ पेश गरेको रु ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार को राजस्व र व्ययको  अनुमान पारित भएको घोषणा गरेको छ । साविकका स्थानीय निकायका कर्मचारीहरुको समायोजन विधेयक, २०७८ २०७७ माघ १२ देखि २०७८ अषाढ ९  गतेसम्मका नगर कार्यपालिकाका सम्पूर्ण निर्णय पनि अनुमोदन गर्ने प्रस्ताव पारित भएको महानगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।

 

चालु आर्थिक वर्षको २०७७ माघ १२ देखि २०७८ अषाढ ९ गते सम्म आर्थिक सहायतामा भएको खर्च र आकस्मिक योजनामा छुट्याईएको बजेट कार्यन्वयन गर्दा योजना छनौट गर्न गठित समितिलाई निरन्तरता दिने निर्णय समेत भएको छ ।

 

जनसहभागितामा आधारित कार्यक्रम (६०–४०)छनौटका लागि समिति गठन  गर्ने, वीरगंज महानगरपालिकाको अनुगमन समितिबाट अनुगमन गरि पेश भएका  प्रतिवेदनहरुको अनुमोदन, सेवा करार तथा करार सेवा तर्फका कार्यरत कर्मचारीहरुको करार अनुमोदन गर्ने निर्णय भएको छ ।

 

कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण, उपचार, आईसोलेशन सेन्टर व्यवस्थापन तथा सञ्चालनमा भएको सम्पूर्ण खर्च अनुमोदन गर्ने निर्णय, आर्थिक वर्ष २०७८/०७९ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधी भित्र रही योजना तथा कार्यक्रम संसोधन गरि कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

 

नीति तथा कार्यक्रममा परेको तर सोका लागि बजेट विनियोजन गर्न छुट भएको भए वीरगंज महानगरपालिकाका प्रमुखले निर्णय गरी खर्च गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।

 

 

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि आन्तरिक आय तथा वित्तीय समानिकरण तर्फ स्वीकृत भएका योजनाहरु सम्झौता भई कार्य भईरहेकोमा कोरोना भाईरस संक्रमणका कारण चालु आर्थिक वर्षमा भुक्तानी हुन नसकेमा सो योजनाहरुमा खर्च रकम भुक्तानी बाँकीमा राखि आर्थिक वर्ष २०७८/०७९ का लागि स्वीकृत बजेट भुक्तानी बाँकी बाट भुक्तानी गर्ने र सम्झौता भई कार्यान्वयनमा रहेका र सम्झौता गर्न बाँकी रहेका स्वीकृत योजनाहरु आर्थिक वर्ष २०७८/०७९ मा अल्याको रुपमा बजेट विनियोजन गरी योजना कार्यान्वयन गर्ने निर्णय गरियो ।

 

योजना कार्यान्वयन, प्रोत्साहन भत्ता, प्रोजेक्ट बैंक बारे (ठूला आयोजना), प्रोजेक्ट बैंक (मझौला आयोजना), आकस्मिक योजना,  त्रीवर्षिय खर्च संरचना स्वीकृत गर्ने निर्णय नगरसभाबाट भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.