logo

एमालेले मधेशमा पाँच लाख जनता सडकमा उतार्ने

एमालेले मधेशमा पाँच लाख जनता सडकमा उतार्ने

      1/19/2017 गते 00 00 मा प्रकाशित     1934   पटक पढिएको

बीरगंज ६ माघ । कतिपय ठाउमा राजनीति कार्यक्रम गर्नै नपाउने गरि मधेश केन्द्रीत दलद्वारा प्रतिवन्ध घोषणा गरिएको नेकपा एमालले मधेशमा पाँच लाख भन्दा बढी जनता सडकमा उतार्ने तयारी गरेको छ । नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारीलाई सफल पार्न एमालेको केन्द्रीय सचिवालय रणनीति तयार गर्दै छ ।

संविधान जारीसगै मधेशकेन्द्रीत दलको आक्रमणको निशानामा परेको नेकपा एमाले अहिले सम्बिधान जारी गर्दाका सहयात्री पनि एमाले बिरुद्ध खनिएका छन । यसो त एमालले मधेशमा कार्यक्रम नगरेको भने हैन । जनकपुरमा हजारौ नागरिकको सहभागितामा सभा सम्पन्न गरेको छ । बन्द प्रशिक्षण भने भइरहेका छन । हालै नम्बर दुईको बन्द प्रशिक्षण मधेशी समुदायको बहुलता रहेको सप्तरीमा सम्पन्न गरेलगत्तै सुनसरीमा परीक्षणका रुपमा खुल्ला सभा आयोजना गरेको थियो।
यी दुवै कार्यक्रमबाट एमाले उत्साहित बनेको छ । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले मधेशमा एमालेकालागि समस्या नरहेको बताउछन । सप्तरीमा अगुवा नेताहरु मात्रै भेला भएपनि सुनसरीमा आमसाधरणका निम्ति एमालेले कार्यक्रम राखेको थियो।
मधेशमा पाँच लाख उतार्ने योजना दुई चरणमा पूरा हुनेछ। पहिलो चरणमा मेचीदेखि महाकालीसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर र दोस्रो चरणमा हुलाकी मार्ग भएर ‘शक्ति प्रदर्शन’ गर्ने एमालेको योजना छ। केही दिनअघिको स्थायी कमिटी बैठकले घोषणा गरेको मेची–महाकाली अभियान भने राजमार्ग केन्द्रीत हुनेछ ।
 
यो प्रदर्शन रिलेनियम अनुसार चल्नेछ। झापाले मोरङलाई मोरङले सुनसरलाई गर्दै पश्चिम पुगेर अभियान सकिनेछ। प्रदर्शनको नेतृत्व पार्टी शीर्ष नेताहरुले गर्नेछन । भने केन्द्रीय नेताहरुसहित जनसंगठनका नेता–कार्यकर्ताहरु पूर्वदेखि पश्चिमसम्मै पुग्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.