पर्साको पकहाँ मैनपुर गाउँपालिकाका १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हिरोइनसहित पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष अमिका सहनी सहितलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका १९ बर्वामामा आइतबार राति चेकजाँच गर्दा वडाध्यक्ष सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकलमा खैरो हिरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका वडाध्यक्षसहित तीनै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ । सहनी नेकपा एमालेबाट निर्वाचीत वडाध्यक्ष हुन ।
तपाईको प्रतिक्रिया