logo

महानगरप्रमुख सिंहद्वारा पदभार ग्रहण , घण्टाघर नजिकको सडक मर्मत गर्ने निर्णय

 इसीमाना सम्बाददाता      २०७९ जेठ १२ गते ०९: ४३ मा प्रकाशित     1120   पटक पढिएको

बीरगंज महानगरपालिकाले घण्टाघर क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत गर्ने निर्णय गरेको छ । नवनिर्वाचित महानगर प्रमुख राजेशमान सिंहले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन ।

 

सिंहले तीन वटा निर्णय गरेका छन । महानगर क्षेत्रका १० हजार ९ सय २४ घरधुरीको बिजुली खपतको महशुलको दायित्व महानगरले लिने निर्णय गरेको छ । घरेलु उपभोगमा ३० युनिट सम्म बिधुत खपत गर्ने परिवारलाई यो सुविधा दिने गरी महानगरले निर्णय गरेको हो ।


त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि मिटर (सिचाई मिटर) को सम्पूर्ण शूल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरुको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरुलाई प्रतोसाहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

 

यस अघि महानगर प्रमुख सिंहले बीरगजको पुरानो बसपार्कमा आयोजित खुला सभामा पद तथा गोपनियताको शपथ लिएका थिए ।

 

उनलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले पद तथा गोपनियताको शपथ दिलाएका थिए । प्रमुख सिंहले उपप्रमुख इम्तियाज आलम र वडाध्यक्षहरुलाई शपथ खुवाएका थिए ।


शपथ ग्रहण कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो । प्रमुख अतिथिका रुपमा यादवको सहभागिता रहेको कार्यक्रममा गठबन्धन दलका नेताहरुले पनि शुभकामना ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.