logo

सरकारले चीनीमिल चलाउदैनः अर्थमंत्री डा. महत

 इसीमाना सम्वाददाता     २०८० सावन १९ गते १२: ५४ मा प्रकाशित     481   पटक पढिएको

वीरगञ्ज । संघीय सरकारका अर्थमंत्री डा. प्रकाश शरण महतले सरकारले उधोग कलकारखना चलाउने भन्दा पनि वतावरण बनाउनेमा ध्यान दिनु पर्ने बताएका छन ।

 

शुक्रवार वीरगंजमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज चीनी कारखाना कहिले संचालन हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा मंत्री महतले यस्तो बताएका हुन ।

 

सरकारले संचालन गरिरहेको हेटौडा सिमेन्ट ,उदयपुर सिमेन्ट उधोगको अवस्था राम्रो नभएको हेटौडाको कपडा उधोग पनि बन्द रहेको चर्चा गर्दै मंत्री महतले चीनीमिल संचालनको बिषयमा “मेरो फरक धारणा छ भन्दै सरकारले चीनी मिल नचलाउने धारणा राखेका हुन ” । उनले हचुवाको भरमा सञ्चालन हुन्छ भनेर आफूले नभन्ने बताए ।

 

उनले निजी क्षेत्रलाई ब्यवस्थापकीय जिम्मेवारी दिएर संचालन हुने सक्ने कुराको अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । ‘निजी चिनी मिलहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा सरकारी मिल चल्छ भन्ने मलाई लाग्दैन उनको भनाई थियो।’

सरकारले सुशासन दिने, पारदर्शीतालाई सुनिश्चितता गर्ने, विकास निर्माणलाई तिव्रता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा नै सरकारको प्रथामिकता रहेको बताएका मंत्री महतलाई सुन प्रकरणमा किटान भएका नेताहरुको गिरफ्तारी किन भएन भनेर पत्रकारले सोध्दा मंत्री महतले अनुसन्धान भइरहेको बताएका थिए ।

 

सुन पक्राउमा आफु र मंत्रालयको बचाउ गर्दै सरकारकै सरचनाले सुन पक्रेको भन्दै छानविकालागि भइरहेको माँगमा सरकारी संयन्त्रले नै अनुसन्धान गर्दै गरेको बताएर पंन्छिएका थिए । तपाई मंत्रालयले सुन समात सकेन नी भनेर संचारकर्मीले सोध्दा मंत्री महतलेआक्रोशित भएका थिए । उनले सुन जसले समाते पनि सरकारको संरचनाले समातेको भन्दै आफनो बचाउ गरे ।


प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य उव्ं पार्टीका पर्सा सभापति जनार्दन सिंह क्षेत्री,उपसभापति रामनारायण कुर्मी, नेता राकेश सिंह मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि प्रकाश उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.